Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने प्राधिकरणको निर्णय


काठमाडौं, १२ मंसिर । नेपाल विद्युत्‌ प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ ।

बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले उद्योगहरूको बिजुलीको लाइन नकाटेर बक्यौता असुली गर्न निर्देशन दिएकाले बोर्ड बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको विद्युत्‌ प्राधिकरण स्रोतले जनाएको छ ।

बोर्डको निर्णयप्रति सञ्चालक सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका छन् । यसअघि विद्युत्‌ नियमन आयोगले बक्यौता बुझाउन बाँकी उद्योगमा बिजुलीको लाइन नकाट्न निर्देशन दिएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट