Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

युद्धमा मृत्यु भएका ४३ जना चिनियाँ सैनिकको अवशेष फिर्ता


सेन्याङ (चीन), मङ्सिर १३ गते । युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनस्वयंसेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।

चिनियाँ जनमुक्ति सेनाको हवाई बल वाई–२० विमानले मृतक सैनिकहरूको अवशेष लिएर चीनको लियाओनिङ प्रान्तको राजधानी शेनयाङमा अवतरण गरेको छ । अवशेषहरू शेनयाङको शहीदको चिहानमा राखिने जनाइएको छ ।

दक्षिण कोरियाले बिहीबार चिनियाँ पक्षका शहीदको अवशेष हस्तान्तरण गरेपछि, चीनले इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मारक समारोह आयोजना गरेको छ । समारोहमा, चिनियाँ राष्ट्रिय गान बजाइएको थियो भने प्रत्येक शवलाई राष्ट्रिय झण्डा ओढ्याइएको थियो । सहभागीहरूले शहीदहरूको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सन् २०१४ देखि सन् २०२३ सम्म, चीन र कोरियाले अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्त अनुसार कोरियामा ९३८ सिपिभी शहीदहरूको अवशेष र सम्बन्धित कलाकृतिहरूलाई १० औँ पटक हस्तान्तरण गरेका थिए ।

चीनको स्थापना भएको आठ महिनापछि सन् १९५० मा कोरियाली युद्ध भएको थियो । कोरियाको लोकतान्त्रिक जनवादी गणतन्त्रको अनुरोधमा सिपिभी अन्तर्गत चिनियाँ सेनाहरू युद्धमा होमिएका थिए । रासस/सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट