Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

मुलुकमा क्रान्तिका लागि परिस्थिति अनुकुल बन्दै गएको छः वैद्य


काठमाडौँ, १३ मङ्सिर। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले लिनुपर्ने बताएका छन् ।

बिहीबारबाट काठमाडौँमा सुरु भएको पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा बोल्दै संयोजक वैद्यले यस्तो बताएका हुन्। काठमाडौंको नयाँ सडकमा आयोजित सभालाई सम्बोधन गर्दै संयोजक वैद्यले भने, ‘आज क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा भएपनि भोलि बलियो हुनेछ। यो कुरा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले पनि प्रमाणित गरेको छ। अब वैकल्पिक राजनीतिक शक्तिको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले नै गर्नुपर्छ।’

उनले मुलुकमा क्रान्तिका लागि परिस्थिति अनुकुल बन्दै गएको दाबी समेत गरे। संयोजक वैद्यले साम्राज्यवादी र प्रतिक्रियावादीले मुलुकलाई संकटको डिलमा पुर्‍याएको आरोपसमेत लगाए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट