उखुको समर्थन मूल्य तोकियो, पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँले बृद्धि
काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य तोकेको हो ।
यसअनुसार अब किसानले उखुमिल अर्थात उद्योगीबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि यसबारे निर्णय हुन बाँकी छ ।
देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया