Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा


सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिएका छन् । बेलायतमा आधारित निगरानी समूह सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार हिजो बेलुकासम्म विद्रोहीहरूले शहरको आधाभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन् ।

सिरियाली सरकारविरुद्ध वर्षौंदेखि भइरहेको आक्रमणमध्ये हिजोको आक्रमण सबैभन्दा ठूलो हो । सन् २०१६ मा सरकारी सेनाले जबरजस्ती हटाएपछि विद्रोहीहरू पहिलो पटक अलेप्पो पुगेका छन् ।

इस्लामिक लडाकु समूह हयात तहरीर अल–शाम (एचटीएस) सँगसम्बद्ध एक च्यानलमा पोस्ट भएको भिडियोमा विद्रोही लडाकुहरू शहर भित्र गाडीमा घुमिरहेको देखिएको छ । सयौँ मानिसहरु शहर छाडेर भागेका छन् ।

सरकारले भने अलेप्पोलाई पुन नियन्त्रणमा लिन कारबाही शुरू भइसकेको जनाएको छ । सिरियामा राष्ट्रपति बसर अल अशदविरुद्ध सन् २०११ मा शुरू भएको आन्दोलन अहिले विभिन्न समूहको सशस्त्र विद्रोहसम्म पुगेको छ ।

गृहयुद्धमा ५० हजार जना भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनालाई रुसको साथ छ । फ्रि सिरियन आर्मी नामक अर्को विद्रोहीलाई अमेरिका र बेलायत लगायतको साथ रहेको छ ।टर्की टुक्राउने मागसहित विद्रोह गरिरहेको कुर्दिस लडाकु फोर्स पनि सिरियामा सक्रिय रहेका कारण टर्कीले पनि आक्रमण गरिरहन्छ ।

आईएसका लडाकुबाट खतरा रहेको भन्दै इजरायलले पनि सिरियामा आक्रमण गर्दै आएको छ । टर्कीमा आन्तरिक युद्ध मात्रै नभइ विभिन्न देशहरुको समेत प्रवेश भएकाले युद्ध रोकिने कुनै सम्भावना देखिएको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट