Techie IT
Samayabaddha
शुक्रबार, ४ माघ, २०८१

एनपएिल क्रिकेटः जनकपुरको विजयी सुरुवात


काठमाडौँ, १५ मङ्सिर । श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो ।

जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाए ।

उनले ५३ बलमा नौ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । हर्ष थाकेरले अविजित २९ रन बनाए । बलिङमा विराटनगरका चेरिस सोल र प्रतिश जिसीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।

विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेले । ५५ रन बनाएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हाने । अकिब इल्यासले १५ रन बनाए।

ओपनर लोकेश बम पाँच रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए ।

किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिए । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #cricket, #npl

प्रतिक्रिया


ताजा अपडेट