Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

हेटौँडा-१२ मा मतदान जारी


हेटौँडा, १६ मङ्सिर । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्ष पदको लागि आज आइतबार भइरहेको मतदानमा १७ सयभन्दा बढी मतदाताले मतदान गरेका छन् । हेटौँडा वडा नं १२ मा रहेको दुई वटा मतदानस्थलका मतदान केन्द्रहरुमा गरी एक हजार ७६८ जना मतदाताले मतदान गरेका हुन् ।

बिहान ७ बजेबाट सुरुभएको मतदान कार्य शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले प्रतिभा माध्यामिक विद्यालय सिक्रेनीमा रहेको मतदान स्थलमा एक हजार २४ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेस्थित मतदान स्थलका मतदान केन्द्रहरुमा ७५४ मतदाताले मतदान गरेको जानकारी दिए । उनले वडाका सबै मतदान केन्द्रहरुका मतदान कार्य शान्तिपूर्ण रुपमा चलिरहेको समेत बताए।

मतदानलाई व्यवस्थितसँगै मतदान केन्द्र र वरपरको क्षेत्रमा सुरक्षामा कडाई गरिएको छ । मतदानलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवार र दलका प्रतिनिधि एवं स्वयंसेवक खटिएका छन् । ज्येष्ठ नागरिक र सशक्तहरुका लागि मतदान गर्न सहज व्यवस्था गरिएको छ ।

वडा नं १२ मा वडाध्यक्ष पदको लागि हुने निर्वाचनका लागि प्रतिभा माध्यामिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् । वडा नं १२ को दुई मतदान स्थलमा प्रति मतदान केन्द्र स्थानीय स्वयंसेवक एक जना र पाँच जना कर्मचारीसहित छ जना ५४ जना खटिएका छन् ।

आठ हजार ५३ मतदाता रहेको वडा नं १२ को सिक्रेनीस्थित प्रतिभा मावि मतदान स्थलमा चार हजार ४२८ जना तथा विष्णुज्योति आधारभूत विद्यालय मतदान स्थलमा तीन हजार ६२५ जना मतदाता रहेका छन् । वडाध्यक्ष पदमा तीन स्वतन्त्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका गरी १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।


क्याटेगोरी : पालिका, राजनीति

प्रतिक्रिया


ताजा अपडेट