जाजरकोटको नलगडमा सात जना क्रियापुत्रीले गरे मतदान
जाजरकोट, १६ मङ्सिर । नलगाड नगपालिकाको ८ वडामा सात जना क्रियापुत्रीले मतदान गरेका छन् । आमाबुबाको मृत्युपछि शोकमा परेका उनीहरुले आफ्नो उम्मेदवारलाई विजयी बनाउन नलगाड नगरपालिका ८ गणेश प्राथमिक विद्यालय मालुवातरा मतदान केन्द्रमै पुगेर मताधिकारको प्रयोग गरेका हुन् ।
नलगाड नगरपालिका ८ लुपानाका बुवा हरिमान खत्रीको काजक्रियामा बसेका छोराहरु अते खत्री, गोम, खिमे, टिकाराम बालबहादुर खत्रीका पाँच भाइ आमाको काजक्रियामा बसेका मैदेका महेन्द्र सिह, मुकुन्द सिह सहित सात जना क्रियापुत्रीले मतदान गरेका हुन् ।
एक भोटले पनि आफ्नो उमेदवारले हारे पछुतो लाग्ने भएकाले आमा बुवा गुमाएको पिडा भएपनि मतदान गर्न आएको आमाको काजव्रिmयामा वसेका महेन्द्र सिंहले बताए ।
एक भोटले पनि आफ्नो उमेदवारले हारे पछुतो लाग्ने भएकाले आमा बुवा गुमाएको पिडा भएपनि मतदान गर्न आएको आमाको काजव्रिmयामा वसेका महेन्द्र सिंहले बताए ।
यस्तै, बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिएपनि वडा १ मा भने करिब दुई घण्टापछि मात्रै मतादान सुरु भएको हो । नलगाड नगरपालिकाको १ मा विहान केहि समयपछि मतदान प्रक्रिया सुरु भएपनि सबै ठाउँमा शान्तिपुर्ण रुपमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, उपनिर्वाचनमा आफ्नो मतादातमलमई विजय गराउन नेता, कार्यकर्ता तथा शुभचिन्तकले मतदातालाई बिहानैदेखि मतदातास्थलमा ओसारपसार गरिरहेका छन् । त्रिभुवन माध्यमिक विद्यालय दल्लीका क र ख केन्द्र, नलगाड नगरपालिका ८, गणेश प्राथमिक विद्यालय र मालुवातरा मतदान केन्द्रमा मतदानस्थल रहेको छ ।
मुख्य निर्वाचन कार्यालयका सहायक अधिकृत धर्मवहादुर बुढाका अनुसार विहान चिसोका कारण मतदाता नआएपनि १० बजेबाट आउने क्रम जारी रहेको बताए । मतदान प्रक्रियालाई धाँधली रहित बनाउन नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेनाका तिनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । साँझ पाँच बजेसम्म मतदाताले डर त्रास र भयरहित तरिकाले मतदान गर्न पाउनका लागि सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख नविनकुमार कठायतका अनुसार नलगाडन नगरपालिकामा दिउसो २ बजेसम्म करिव ४५ प्रतिशत मत खसेको बताए ।
नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिहको गत बर्ष कात्तिक १७ गते भूकम्पम परि मृत्यु भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन थालेको छ ।
क्याटेगोरी : पालिका, राजनीति
प्रतिक्रिया