Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

२०७९ को स्थानीय तह निर्वाचनकाे परिणाम, जहाँ मंसिर १६ मा उपनिर्वाचन भयाे


काठमाडौंको कीर्तिपुर नगरपालिकाकाे प्रमुख पद नेपाली कांग्रेसले जितेकाे थियाे । जाजरकोटको नलगाढ नगरपालिका: उपप्रमुखमा कांग्रेस विजयी भएकाे थियाे ।
दैलेखको महाबु गाउँपालिकाकाे अध्यक्ष पदमा कांग्रेसको जीत भएकाे थियाे ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकाे अध्यक्ष पदमा कांग्रेसको जीत थियाे ।
मोरङको ग्रामथान गाउँपालिका: अध्यक्षमा कांग्रेस विजयी । दोलखाको गौरीशंकर गाउँपालिका: उपाध्यक्षमा कांग्रेसले जित्यो ।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका: उपाध्यक्ष पद माओवादी केन्द्रले जित्यो ।
हुम्लाको सुर्केगाढ गाउँपालिका: उपाध्यक्ष पद माओवादीले जित्यो ।

वडाध्यक्ष तहमा दलहरूको जीत
:

ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३: कांग्रेस विजयी।

झापाको कन्काई नगरपालिका वडा नम्बर ६: एमालेको जीत।

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८: कांग्रेस विजयी।

सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६: एमालेले जित्यो।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५: एमालेको जीत।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२: कांग्रेस विजयी।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४: दुवै ठाउँमा कांग्रेसले जित्यो।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १: कांग्रेस विजयी।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २: माओवादीको जीत।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७: एमाले विजयी।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २: कांग्रेस विजयी।

काठमाडौं महानगरपालिका वडा नम्बर १६: कांग्रेसले जित्यो।

गोरखाको गोरखा नगरपालिका वडा नम्बर १२: एमाले विजयी।

गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १: कांग्रेसको जीत।

रुकुमपूर्वको पुथा उत्तरगंगा वडा नम्बर २: माओवादीले निर्विरोध जित्यो।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५: एमाले विजयी।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६: कांग्रेसको जीत।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट