नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजय
जाजरकोट, १७ मङ्सिर । नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजय भएकी छिन् । उनले ४ हजार २७२ मत ल्याएर उपप्रमुख पदमा विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ईन्द्रचन्द सिंहले ३ हजार १४७ मत ल्याए । मुख्य निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी नेकपा एमाले सुनिता बोहराले २ हजार ५५२ मत ल्याएकी छिन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएको थियो । नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका सरिता सिंह निर्वाचित भएकी थिइन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय देवाका लामिछाने घोषण भएपछि नेता कार्यकर्ता विजय उत्सव मनाई रहेको छन् ।
गत वर्ष कात्तिक १७ गतेको भूकम्पमा मृत्यु भएपछि रिक्त रहेको उपप्रमुख पदमा निर्वाचन भएको हो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया