Techie IT
Samayabaddha
बिहीबार, ३ माघ, २०८१

स्थानीय उपचुनाव : वामपन्थीको भिडन्तले काँग्रेसलाई फाइदा


रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षको निर्वाचन परिणामले नेपालको राजनीतिमा महत्वपूर्ण सन्देश दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नरपुर बुढाले कांग्रेस–एमालेको गठबन्धनलाई परास्त गर्दै एक हजार चार सय ९९ ठूलो मतान्तरले विजय प्राप्त गरे । माओवादी केन्द्रको प्रभाव क्षेत्र रुकुमपूर्वमा यसपटकको परिणामले पक्कै पनि पार्टीका नेता र कार्यकर्तामा आत्मविश्वासको वृद्धि गरेको छ । माओवादी केन्द्रले तीन हजार छ सय २७ मत प्राप्त गरेको छ भने कांग्रेस–एमाले गठबन्धनले दुई हजार एक सय २८ मत मात्रै ल्याएको छ । यो महत्वपूर्ण राजनीतिक संकेत हो ।

जहाँ माओवादी केन्द्रले जनताको मन जितेको छ, त्यहाँ मत पनि अडिग छ । माओवादी केन्द्रको धेरै आफ्नो पकडमा नै यसपटक आफ्नो मत कायम गर्न सकेन । धेरै ठाउँमा पराजीत भयो । मत घट्यो । त्यत्रो त्याग, वलिदानबाट आएको शक्ति, जहाँ सबैभन्दा समर्थक जनताले समेत दुःख पाएका छन्, त्यहाँ जनता विपक्षमा जानु भनेको माओवादीको आधार खस्कदै जानु हो । केही नयाँ ठाउँमा माओवादीको मत बढेको छ, त्यसमा केही लोकप्रिय उम्मेदवार, अरु राजनीतिक पार्टीको असफलताको लाभ माओवादीले पाएको छ ।

ग्रामथानमा माओवादीको जितः रणनीतिक सफलता

मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका उम्मेदवार नमो नारायण माझीले स्थानीय तहको उपनिर्वाचनमा अध्यक्ष पदमा जीत हासिल गरेका छन् । माओवादी केन्द्रका लागि यो जित ठूलो राहतको रूपमा आएको छ, विशेषगरी माओवादीका धेरै आधारहरुमा निराशाजनक परिणामका बीचमा ।

ग्रामथानमा थारू समुदायको लगभग ९० प्रतिशत जनसंख्या बसोबास गर्ने भएकाले यहाँको निर्वाचन परिणाममा समुदायको ठूलो प्रभाव छ । माओवादीका केन्द्रीय नेता अमनलाल मोदीको प्रभाव र माओवादीको संगठनात्मक रणनीतिको मद्दतले माझीलाई जित दिलाएको मानिन्छ । यस क्षेत्रका मतदाताहरूको समर्थनबाट, खासगरी कांग्रेसका केही नेताहरूको सहयोगले, माओवादीले अध्यक्ष पद जित्न सफल भएको हो ।

यस जितले माओवादी केन्द्रका कार्यकर्तामा उत्साह थपेको छ र थारू बहुल क्षेत्रहरूमा पार्टीको प्रभाव विस्तारमा सकारात्मक संकेत दिएको छ । नेपाली कांग्रेसका पूर्व नेता माझीले माओवादीमा प्रवेश गरेर यस जितमार्फत पार्टीको जनाधारलाई अझ बलियो बनाएका छन् ।

यो र यस्तै केही नयाँमा जितेका कारण माओवादी केन्द्रको अस्तित्व रक्षा भएको छ । अरुले गडबड गरेमा माओवादी केन्द्र विकल्प बन्नसक्छ भन्ने संकेत पनि यो स्थानीय तहको उपनिर्वाचनले दिएको छ । दुई तिहाइ सरकारप्रतिको असन्तुष्टिको लाभ पनि माओवादी केन्द्रले पाएको छ ।

मुलतः यसपटकको स्थानीय तह उपनिर्वाचनले वामपन्थी गठबन्धनको फुट र उनीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाको नकारात्मक असर देखाएको छ । यसले भावी दिनमा कांग्रेससहित गैरवामपन्थीको पकड बन्ने सम्भावनालाई बल दिएको छ ।

वामपन्थी फुटका कारण नेपाली कांग्रेसले धेरै स्थानमा आफ्नो स्थिति मजबुत बनाएको छ । फुट र अस्वस्थ भिडन्तका वावजुद माओवादी केन्द्र र एमालेले केही विजय हासिल गरे पनि तिनीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले चुनावी परिणाममा नकारात्मक असर पु¥याएको छ । विशेषगरी वामपन्थीहरूबीचको आपसी प्रतिस्पर्धा र सहकार्यको अभावले कांग्रेसको पक्षमा फाइदा पु¥याएको छ ।

नेतृत्वका भिडन्त र जुँगाको लडाइँलाई छाडेर वामपन्थी दलहरूले सहकार्य र मोर्चाको पहल गर्नुपर्ने सन्देश पनि यो उपनिर्वाचन परिणामले दिएको छ । यसका लागि माथि नेतृत्वदेखि तल कार्यकर्ताहरुले समेत सक्रिय पहल बढाउनु पर्ने देखिएको छ ।

संघीय निर्वाचनमा राम्रै मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अपेक्षाअनुसार मत विस्तार गर्न सकेन भने जसपा पार्टीले तराई क्षेत्रमा आफ्नो उपस्थिति राम्रै देखाएको छ । तर, यिनीहरुलाई आगामी दिनमा ठूलै चुनौती देखिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट