Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

जनता साथमै रहेछ, माओवादी केन्द्रले चिनोस्


टिप्पणी 

नगर मेयररउपमेयर, गाउँपालिका अध्यक्षरउपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र वडाध्यक्षहरू गरी ४४ स्थानमा भएको स्थानीय उपचुनावको नतिजा आइसकेको छ । नतिजा अनुसार एक मेयर र १६ वडाध्यक्षसहित नेपाली कांग्रेस प्रथम स्थानमा आएको छ भने एक अध्यक्ष, एक उपमेयर, दुई उपाध्यक्ष र सात वडाध्यक्षसहित नेकपा (माओवादी केन्द्र) दोस्रो स्थानमा आएको छ । त्यस्तै एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित नेकपा (एमाले) ले तेस्रो स्थान कायम गरेको छ । दुई वडाध्यक्ष उपेन्द्र यादव नेतृत्वको जसपाले जितेको छ भने एकीकृत समाजवादीले एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक, नेमकिपाले एक र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् ।

तर, स्थानीय चुनावका कयौं प्रवृत्तिहरू रोचक र सोचनीय छन् ।

पहिलो प्रवृत्ति त, प्रमुख ठूला सत्ताधारी दल कांग्रेस(एमालेले माओवादी केन्द्रविरुद्ध स्वार्थ हेरी हेरी स्थानीय  गठबन्धन गरेका थिए । मनोनयनमै ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा एमालेका उमेदवार  कांग्रेससँग ‘वाकओभर’ भए ।

त्यसो त रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाढ गाउँपालिका उपाध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रलाई हराएरै छाड्ने सत्ताधारी कांग्रेस -एमाले महागठबन्धन दोलखामा मात्रै साकार भयो ।

केही स्थानमा माओवादी केन्द्र र एकीकृत समाजवादी समेत मिलेका थिए । तर, एकीकृत समाजवादीका कार्यकर्ताको एमालेप्रतिकै रुझानका कारण त्यस सहकार्यले कुनै परिणाम दिन सकेन । कीर्तिपुर मेयरमा माओवादी केन्द्रलाई सघाउने वचन दिएर पनि रास्वपाहरू काठमाडौं महानगर मेयर बालेन साह र धरान उपमहानगर मेयर हर्क साम्पाङका उमेदवार राजमान महर्जनकै पछि लागे ।

दोस्रो, ०६४ र ०६९ को संविधानसभा चुनावपछि माओवादी केन्द्र यो उपचुनावमा आफ्नै खुट्टामा उभिएको छ । आकर्षक लाभका पदमा आफू, आफन्त र आसेपासेलाई राखेर सँधै गुटबन्दीमा रमाउने(आफैं ुपावरसेन्टरु हुने कयौं सुकिलामुकिला नेताका कारण केही पूर्व निर्वाचित आधार क्षेत्रहरू गुमाउनु परे पनि एक्लै चुनावमा उभिएर माओवादी केन्द्रले ल्याएको यो अपार सफलता हो ।

तीन, स्थानीय उपचुनावमा माओवादी केन्द्रले प्रगति गर्दैगर्दा कांग्रेस र एमालेतिरको नतिजा पूर्वचुनावबाट उल्लेख्य खस्किएको छ । कांग्रेस गढ मानिएको मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नमोनारायण माझीको फराकिलो जीत यस उपचुनावले माओवादी केन्द्रलाई दिने खुशी हो । सुदूरपश्चिमलाई छाडेर हेर्दा माओवादी केन्द्रले हारेका स्थानमा पनि कतै दोस्रो त कतै तेस्रो सम्मानजनक भोट पाएको छ । भलै कांग्रेसले जित्यो, कीर्तिपुर जस्तो राजधानीको मुटुमासमेत माओवादी केन्द्रले एमालेलाई टप्नु र अघिल्लो तुलनाको भोट बढाउनु उसको लागि एक उत्साह नै हो ।

चार, एक चरण एउटै पार्टी भइसकेको तर एमालेभन्दा कमजोर मानिएको माओवादी केन्द्रले एक्लै लडेर सत्ता नेतृत्व भएको आफूलाई उपचुनावमा टप्दा एमाले नेतृत्व र तिनका जनमा १२ ‘रेक्टर’ को भुइँचालो आएको महसुस गर्न सकिन्छ ।

तर, कहिले एमाले त कहिले कांग्रेसको आडमा चुनाव जितेको कांग्रेस-एमालेका कयौं पूर्वाग्रही नेताको माओवादी केन्द्रप्रतिको आरोप यस उपचुनावले खारेज गरिदिएको छ । बरु माओवादी केन्द्रलाई हराइ छाड्ने उनीहरूको घोषित/अघोषित संकल्पले डोठ्याङ खाएको छ ।

तर, जनयुद्ध र जनसंघर्षको विरासतबाट आएको माओवादी आन्दोलन र त्यसको मूल प्रवृत्ति माओवादी केन्द्रले स्थानीय उपचुनावको सानो सफलतामा मात्रै रमाउने छुट पाउँदैन । माओवादी केन्द्र जस्तो संघीय लोकतान्त्रिक गणतन्त्रको मूल ‘ओनर’ का लागि यो परिणाम पनि जनआशाको अगाडि धक्का नै हो, बिगत सफलताको तुलनामा । शक्तिकेन्द्र बनेर गाउँ जानै नचाहने नेता र तिनैको आडमा गाउँ/शहरका साना-ठूला परियोजनाबाट रकम असुल्ने कार्यकर्ताले स्वआलोचनासहित पुन जनयुद्ध र जनसंघर्षको मूल्यपद्धति अपनाउन सके जनताले माओवादी केन्द्रलाई नै आशातित हेरिरहेका छन् । स्थानीय उपचुनावले उसलाई त्यो उत्साहजनक संकेत देखाएको छ ।

पार्टी आडमा शक्तिकेन्द्र भइसकेका वा अध्यक्ष प्रचण्ड तथा नेतृत्वको गणेश परिक्रमा गरेर तुष्टि लिने एकथरि र जनताबाट टाढा बसेर संकीर्णता अपनाएर क्रान्तिको जप गर्ने अर्काथरिलाई माओवादी आन्दोलनको मूलधार बनाएर कम्युनिष्ट मूल्य(समाजवादको व्यवहारसिद्ध बाटोमा जाँदा नै जनताको पक्षमा परिणाममुखी काम गर्न सकिन्छ ।

तर, मूल समस्या नेतृत्वमै छ । के माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ समयको नयाँ पार्टी निर्माण गर्ने निर्मम आँट गर्न सक्लान् ? आफै रुपान्तरण सुरु गर्दै बिथोलिएको माओवादी आन्दोलनलाई एउटै बनाउन सक्लान् ? स्थानीय उपचुनावमार्फत जनताले एकपटक माओवादी आन्दोलनलाई आशाजनक र बलियो विकल्पका रूपमा हेरेका छन् । यसमा माओवादी नाममा छितरिएकाहरूले जुँगाको लडाई छाडेर त्याग, समर्पणको भाव लिएर फेरि एकपटक ध्रुवीकरण हुनु समयको माग हो । फेरि पनि मुख्य कुरा भनेको सबैभन्दा त्याग प्रमुख नेतृत्व र प्रवृत्तिबाट हुनुपर्छ ।

 

 

 

 

 


क्याटेगोरी : बिचार

प्रतिक्रिया


ताजा अपडेट