एसीसी यु–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानमाथि नेपालको सान्त्वना जित
काठमाडौँ, मङ्सिर १८ गते । एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ ।
यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । संयुक्त अरब इमिरेट्स (युएई) स्थित शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।
अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि नरेन साउदले २६ रन बनाए । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाए । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाए।
बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले तीनरतीन विकेट लिए । हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट झारे । समूह ‘बी’ मा रहेको नेपाल यसअघि बङ्गलादेशसँग पाँच विकेट र श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया