Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

अवदेखि गुठीको स्वामित्वमा रहेका जग्गाको मालपोत कर जीतपुरसिमराले आफैं लिने


काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिकाले गुठीको स्वामित्वमा रहेका घरजग्गाको मालपोत कर आफैं लिने भएको छ । उपमहानगरपालिकाले मंसीर १८ गते गुठी संस्थान त्रिपुरेश्वरलाई पत्र लेखेर दशौं नगर सभाको बैठक एवं तेश्रो कार्यपालिकाको निर्णय १३ अनुसार आफ्नो पालिका भित्र रहेको सम्पूर्ण जग्गाहरुको मापलोत कर लिने जनाएको हो ।

यसअघि गुठी संस्थान मातहतको वीरगंज शाखा कार्यालयबाट मालपोत कर संकलन हुँदै आएको थियो ।

स्थानीय निकाय ऐन, २०७४ को दफा ५५ ले मालपोत संकलन गर्ने जिम्मा स्थानिय निकायलाई दिएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट