चिसोबाट बचौँ र बचाऔँ
यस वर्षको शिशिर याम सुरु भएको छ । शिशिर याम तीन महिना चल्छ । मंसिर, पुस र माघ महिना जाडो हुने मौसम हुन् । जाडोको मौसममा मानिसको स्वास्थ्यमा बिभिन्न समस्याहरु देखा पर्न सक्छन् । खासगरी बृद्धबृद्धा र बालबालिकाहरुलाई जाडोले चाँडै च्याप्ने तथा सताउँने गर्छ । यो सुख्खा मौसम पनि भएको हुँदा वन जंगलमा र हाम्रो वातावरणमा हरियाली नुहँदा प्रदुषण पनि बढ्ने गर्छ । अझ सहरी क्षेत्रमा त अध्यधिक प्रदुषणले गर्दा मानिसको स्वास्थ्यमा प्रतिकुल असर नै पार्ने गर्छ । त्यसैले हामीले यो मौसममा घरबाट बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनु पर्छ । अन्य मौसममा भन्दा यो मौसममा सबैले पोषिलो खानेकुराहरु दाल, गेडागुडीको झोल हरियो तरकारी, सागपात, तातो पानी, आदि छुटाउनै नहुने खानेकुराहरु हुन् ।
जाडो मौसममा बाक्लो हुस्सु, तुवाँलो, सितलहर आदि चल्ने हुँदा स्वास्थ्यमा विशेष ख्याल पुर्याउनु पर्छ । विद्यालय जाने बालबालिकाहरुलाई घरबाटै तातो खानेकुरा, तातो पानी पठाउन सकिन्छ । नेपालको तराई–मधेशका अधिकाँश भेगमा यो मौसममा सितलहर चल्ने भएकाले यसबाट जोगिन घर–आँगनमा दाउरा, मुढाको आगो बालेर, न्यानो र बाक्ला कपडा, स्वेटर, ज्याकेट, टोपी आदि लगाएर शरिरलाई चिसोको आक्रमणबाट जोगाउन सकिन्छ ।
स्थानीय सरकारले पनि अत्यधिक शितलहर हुने स्थानका विद्यालयहरुमा केही दिन बिदा दिने, चोक–चोकमा बालेर ताप्नका लागि दाउराको व्यवस्था गर्ने गरेका छन् । हामीले ती सेवाको पनि भरपुर उपभोग गर्न हिच्किचाउनु हुँदैन ।
जाडो मौसममा पाइने बिभिन्न फलफूलहरु सुन्तला, जुनार, स्याउ, एभोकाडो, मेवा आदिको सेवनबाट पनि स्वास्थ्यमा विशेष हेरचाह पुर्याउन सकिन्छ । स्थानीय सरकारले पनि अत्यधिक शितलहर हुने स्थानका विद्यालयहरुमा केही दिन बिदा दिने, चोक–चोकमा बालेर ताप्नका लागि दाउराको व्यवस्था गर्ने गरेका छन् । हामीले ती सेवाको पनि भरपुर उपभोग गर्न हिच्किचाउनु हुँदैन ।
जाडोका कारण वर्षेनी धेरै मानिसको मृत्यु हुने गरेको समाचार हामले पढ्ने र सुन्ने गरेका छौँ । त्यसैले हामीले जाडोमा हेल्चेक्र्याईँ गर्नु हुँदैन । सहरी क्षेत्रमा जाडोको मौसममा झ्याल, ढोका बन्द गरेर गिजर, हिटर, ग्याँस, कोइला आदि ताप्ने गर्नाले पनि धेरै मानिसहरुको निसास्सिएर ज्यान जाने गरेको छ । यसतर्फ पनि हामी सचेत हुनुपर्छ ।
कृषकहरुले पनि जाडोको मौसममा आफ्ना पशुपंक्षीको विशेष ख्याल पु¥याउन जरुरी छ । स्थानीय सरकारसँगको समन्वयमा हामीले त्यहाँबाट प्राप्त गर्ने बिभिन्न सेवा सुविधाहरुको सदुपयोग गर्न सक्छौंँ । पशुपंक्षीलाई जाडोबाट जोगाउनका लागि सुकेको पराल, स्याउला, आदि ओछ्याउन सकिन्छ । घरपालुवा जनावरको शरिरमा जुटका बोरा ओढाइदिँदा पनि उनीहरुलाई चिसोबाट हुनसक्ने आक्रमण र बिभिन्न रोगबाट जोगाउन सकिन्छ ।
अतः प्रकृति, मौसम र वातावरण चलायमान हुन्छ । यो कहिल्यै स्थिर रहँदैन । कहिले अत्यधिक चिसो त कहिले अत्यधिक गर्मी, कहिले आँधि, कहिले असिना, कहिले बाढी, वर्षा त कहिले अन्य बिभिन्न प्राकृतिक प्रकोपहरु मौसम बदलीसँगै आइरहन्छन् । हामीले तिनको सामना गर्न पूर्व तयारी भने अपनाउनै पर्छ । तीनवटै तहका सरकार, गैरसरकारी निकाय, नागरिक समाज, पत्रकारिता जगत लगायत सबै सरोकारवाला निकायहरु यसबारेमा सचेत भई सचेतना कार्य गर्न र गराउन कहिल्यै अल्छी गर्नु हुँदैन ।
क्याटेगोरी : जनमञ्च, बिचार
प्रतिक्रिया