Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगमा एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता भएका छन् ।

आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०र८१ मा एक सय २० वटा उजुरी दर्ता भएका हुन् । एक वर्षमा नयाँ एक सय ९० र पुरानासमेत गरी तीन सय ६८ वटा उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानसम्बन्धी विषयमा एक सय ६१ वटा उजुरीगत सिफारिश र पाँच वटा नीतिगत सिफारिश गरेको प्रतिवेदनमा उल्लेख छ । दुई सय ७६ उजुरी तामेलीमा राखेको र १५ वटा उजुरी खारेज गरेको आयोगले जनाएको छ ।

आयोगले एक वर्षमा चार जनालाई दोषी किटान गरेको छ । यस्तै नौ जनालाई विभागीय कारबाहीको सिफारिश र ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिश गरेको आयोगले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट