Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। चिनियाँ समकक्षीको निमन्त्रणामा मङ्सिर १७ गते बेइजिङ जानुभएका प्रधानमन्त्री ओली काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो । भ्रमणका क्रममा बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबिच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट