Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

इरानद्वारा अन्तरिक्षमा सफलतापूर्वक रकेट प्रक्षेपण


इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

इरानले आज आफ्नो सबैभन्दा गह्रुँङ्गो ‘पेलोड’ एउटा उपग्रह र एउटा अन्तरिक्ष यानलाई सफलतापूर्वक प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । इरानले यान र उपग्रह दुवै स्वदेशमै विकसित गरेको हो । सरकारी टेलिभिजनका अनुसार तीन सय किलोग्राम तौल भएको पेलोडमा ‘फखर–१’ दूरसञ्चार उपग्रह र ‘समन–१’ अन्तरिक्षयान रहेको छ ।

इरान अन्तरिक्ष अनुसन्धान केन्द्रले सन् २०१७ मा सार्वजनिक गरेको ‘समन–१’ एक ‘कक्षीय प्रसारण प्रणाली’ हो र यो तल्लो कक्षबाट माथिल्लो कक्षमा उपग्रहहरू पुर्‍याउनका लागि बनाइएको हो । यो प्रक्षेपण उपग्रहलाई उच्च कक्षमा स्थानान्तरण गर्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको खबरमा उल्लेख छ ।

पेलोडहरू सेम्नान प्रान्तको इमाम खोमेनी प्रक्षेपण आधारबाट घरेलु सिमोर्ग उपग्रह वाहक प्रयोग गरेर प्रक्षेपण गरिएको हो । एक पौराणिक इरानी चराको नामबाट नामकरण गरिएको सिमोर्ग इरानको रक्षा मन्त्रालयले विकास गरेको तरल–इन्धन उपग्रह प्रक्षेपण वाहन हो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट