Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा


काठमाडौँ, २१ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

शुक्रबार साँझ त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सम्लग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।

मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट