Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

काठमाडौं बसन्तपुरस्थित ओमवहाल स्थित रेष्टुरेण्टमा मध्यराति आगलागी


काठमाडौंको । काठमाडौंको मुटु क्षेत्र मानिने बसन्तपुर छेवैको ओमबहाल झोंछे गल्लीमा रहेको एक रेष्टुरेन्टमा मध्यराति आगलागी भएको छ ।

ओमबहाल झोंछे गल्लीमा इपिक रेष्टुरेन्टको पाँचौ तलामा रहेको किचेनबाट आगो सल्किएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । घटनास्थल पुगेका उत्यका प्रहरीका असई रुपक घिमिरेले वारुणयन्त्रको सहायताले आगो निभाइसकेको र थप क्षति हुनबाट जोगिएको बताए ।

मध्यराति लागेको आगो १ नबज्दै नियन्त्रणमा ल्याइएको उनको भनाइ छ । किचेनमा ग्यास लिक भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि कारण यकिन भने भएको छैन ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट