Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता


काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र युएसएआइडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए ।

अमेरिकी सहायक विदेशमन्त्री लूले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परे पनि नेपालले आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए । उनले अमेरिका आउँदा दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।


क्याटेगोरी : अर्थ, राजनीति

प्रतिक्रिया


ताजा अपडेट