Techie IT
Samayabaddha
मंगलबार, १ माघ, २०८१

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात


काठमाडौं । पश्चिम नेपालमा हिजोदेखि हिउँदे वर्षा सुरू भएको छ । पश्चिमी वायु तिब्बततिर सरेको र हावामा रहेको बाष्प थोरै भएको करण हिउँदे वर्षा सुदूरपश्चिम र कर्णालीमा मात्र सीमित भएको मौसमविद्ले बताएका छन् ।

हिजो सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षा भएको छ । मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा हिमपात भएको छ ।

आजदेखि फेरि मौसममा सुधार आउने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पश्चिमी वायुको थोरै प्रभावले देशका विभिन्न ठाउँमा अहिले मौसम बदली भएको छ । तराई क्षेत्रमा बिहान केही समय हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट