नेपाल पत्रकार महासंघको निर्वाचनः सुधारको अवसर कि पुरानै असफल मार्ग ?
नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुँदैछ, जुन लामो समयदेखि प्रतीक्षामा रहेको थियो । यस निर्वाचनले महासंघलाई नयाँ नेतृत्वका साथै नयाँ दिशा दिने आशा गरिएको छ । अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा पटकपटक निर्वाचन स्थगित भएपछि अन्ततः उनले राजीनामा दिनु परेको थियो । निर्वाचन प्रक्रिया अघि बढ्नु सकारात्मक कदम हो तर यसमा रहेका गम्भीर समस्या समाधान गरिएन, तदनुरुपको नेतृत्वको चयन भएन भने महासंघले पुरानै असफल मार्ग अवलम्बन गर्ने सम्भावना देखिन्छ ।
महासंघलाई सुधार्न संस्थागत संरचना, आर्थिक पारदर्शिता र नेतृत्व क्षमतामा सुधारको खाँचो रहेको स्पष्ट पारेको छ । अग्रज पत्रकारहरूले पत्रकारिता क्षेत्र र महासंघको स्खलनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पत्रकारिता क्षेत्रको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता कायम गर्न महासंघको भूमिकालाई मजबुत बनाउन ठोस कार्ययोजना र प्रतिबद्धता आवश्यक रहेको औंल्याएका छन् ।
अनुभवी र नयाँ पुस्ताका पत्रकारहरूबीच सहकार्य, दलीय हस्तक्षेपबाट मुक्त नेतृत्व र प्राविधिक विकासको समायोजनले मात्र महासंघलाई मजबुत बनाउन सक्छ ।
यसपटकको निर्वाचनले नेतृत्वको परिवर्तन मात्र होइन, सम्पूर्ण पत्रकारिता क्षेत्रको सुधार र विश्वसनीयतालाई सुनिश्चित गर्नुपर्ने दायित्व बोकेको छ । अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको ऊर्जाले महासंघलाई सही दिशा दिन सक्छ ।
महासंघको निर्वाचनको पूर्वसन्ध्यामा लामो समय पत्रकारिता गर्नुभएका स्थापित अग्रज पत्रकारहरुको प्रतिक्रिया दिइएको छ :
गोपाल थपलिया
सच्चा पत्रकारहरु देश र जनताप्रति इमान्दार भएर लाग्नुप¥यो । न्याय, अन्याय छुट्याउनु प¥यो । अहिलेको पत्रकारिता भनेको केही नेताहरुको पछि लाग्ने, प्रशंशा खाने, हुण्डी खाने, राजनीतिक नियुक्तिमा जान मरिहत्ते गर्ने कारणले पत्रकारिता क्षेत्र स्खलित भएको छ । तस्करी र ठगीमा पनि पत्रकारहरु मुछिएको कुरा आइरहेको छ । यो विडम्बना हो । मेरो मत भनेको पत्रकारितामा न्यायिक स्वतन्त्रता चाहियो । जसले स्खलित भएको यो क्षेत्रलाई पुनस्र्थापित गर्छ ।
शम्भु श्रेष्ठ
नेपाल पत्रकार महासंघ मुलतः व्यावसायिक संगठन हो । पछिल्लो समय महासंघ निकम्मा नै बनेको छ । महासंघको नेतृत्वले समयमा नै निर्वाचन समेत गराउन सकेन । महासंघलाई श्रमजीवी र व्यावसायिक हितका लागि सशक्त ढंगले गर्ने बेला आएको छ । यो बेलामा राजनीतिक दलभन्दा माथि उठेर व्यावसायिक धर्म निर्वाह गर्ने पत्रकारहरुलाई यो निर्वाचनमा जिताउनु पर्छ ।
देवप्रकाश त्रिपाठी
मैले पत्रकारितामा आफैं जोडिएको ३६ वर्ष भयो । ३६ वर्षको यो अवधिमा सिङ्गो पत्रकारिता क्षेत्र क्रमशः स्खलित हुँदै गएको पाएको छु । नेपाल पत्रकार महासंघ पहिला पत्रकारहरुको मात्र संगठन थियो । पछि सरकारी सञ्चार संस्थाका मानिसहरुलाई पनि पत्रकार महासंघमा जोड्नुपर्छ भन्ने भयो । सरकारी कर्मचारीहरुको संख्या पनि महासंघमा मनग्ये भयो । यसले महासंघलाई नयाँ मोडमा पु¥याउन ठूलो भूमिका खेल्यो । पार्टीका भातृ संगठनका रुपमा पनि खुले । पार्टीले पत्रकार महासंघमा लैजानलाई टिकट दिने अवस्थासम्म पुग्नु भनेको यो भन्दा दुर्भाग्यपूर्ण केही हुँदैन । पत्रकारिता क्षेत्रमै रहेका पार्टीका साथीहरु जो हुनुहुन्छ, महासंघ सदस्य हुनुहुन्छ, निरन्तर लागिरहनु भएको छ भने वेग्लै विषय हो । तर, पत्रकार महासंघमा अहिले वास्तविक पत्रकारभन्दा अरु नै हावी भएका छन् । अहिलेको पत्रकार महासंघ जुन ठाउँमा पुगेको छ बढी पार्टीकरण भएको छ । पत्रकार महासंघको निर्वाचनमा हार्दा फलानो पार्टीको फलाना नेता हारे भनिदैंछ । यो भन्दा अर्काे दुर्भाग्य केही हुन्छ, जो हामी बेहोरिरहेका छौं । पत्रकारितामा लामो समय बिताएका, पत्रकारिताको भावनालाई राम्रोसँग बुझेकाहरुले महासंघको नेतृत्व लिएर माथि उठाउने प्रयास गर्ने हो भने स्खलित भएको सिङ्गो पत्रकारिता क्षेत्र र महासंघलाई माथि उठाउन सकिन्छ । तर, मैले चाहिं अहिलेको अवस्था निराशाजनक नै देखेको छु ।
प्रल्हाद रिजाल
मुलुकका मूल दुई शक्ति नेपाली कांग्रेस र एमाले निकट दुई संगठनहरु प्रेस युनियन र प्रेस चौतारी तालमेल गरेर निर्वाचन लड्ने भनेको कोसँग लड्ने हो ? केका लागि तालमेल हो ? जो मुख्य प्रतिस्पर्धा गर्नुपर्ने हो, त्यो मिलेर निर्वाचन लडेको छ । यो सही हो भनेर पुष्टि गर्ने आधार कहाँबाट हुन्छ ? यो अनौठो, हुँदै नहुने कुरो भएको छ ।
बोधराज त्रिपाठी
नेपाल पत्रकार महासंघ पार्टीका विशुद्ध झोलेहरुको संगठन बन्नु भएन । स्वतन्त्र, व्यावसायिकको हातमा महासंघ हुनुप¥यो । पार्टी निकट हुने, आआफ्ना विचार हुने कुरामा हाम्रो असहमति होइन । तर, महासंघको कुर्चीमा बस्दाखेरी पेशागत मुद्दालाई प्राथमिकता दिनुप¥यो । पत्रकारिताको हिजोको साखलाई पुनस्र्थापित गर्नुप¥यो । यो पेशाको एजेण्डा बोक्नुप¥यो । कुनै पार्टीप्रतिको आवद्धता हेरेर होइन त्यसमा निरन्तर लागेको, लाग्नसक्नेलाई यसपटक मतदान गर्नुपर्छ ।
महेश्वर दाहाल
नेपाल पत्रकार महासंघ मूल मुद्दाबाट बरालिएको वर्तमान परिस्थितिले यसलाई पुनः सही मार्गमा फर्काउन अपरिहार्य भएको छ । महासंघको नेतृत्व विगतमा असफल हुनुको प्रमुख कारण पार्टीगत हस्तक्षेप र व्यक्तिगत स्वार्थ रहेको छ । महासंघले समयमै निर्वाचन गर्न नसकेको अवस्थाले यसको विश्वसनीयतामा गम्भीर आघात पु¥याएको छ । महासंघलाई सुधार्न गम्भीर समीक्षा र नयाँ सोच आवश्यक छ ।
पार्टी र संगठनभन्दा माथि उठेर मात्र महासंघलाई सही मार्गमा लैजान सकिन्छ । श्रमजीवी पत्रकारहरूको अधिकारको संरक्षण र पेसागत सुरक्षाको ग्यारेन्टी गर्न महासंघलाई पार्टीगत, गुटगत राजनीतिबाट अलग राख्नुपर्छ । महासंघलाई साझा ट्रेड युनियनको रूपमा स्थापित गर्न श्रमजीवी पत्रकारहरूको सक्रिय भूमिका आवश्यक छ ।
सञ्चार स्वतन्त्रता र सामाजिक न्यायका लागि महासंघमा सुधारको पहल अत्यावश्यक भइसकेको छ । पत्रकारिताको गुणस्तर सुधार्न र श्रमजीवी पत्रकारको अधिकारका लागि सशक्त सङ्गठित प्रयास गर्नुपर्छ । महासंघमा नयाँ सोंच र शैली बोकेको नेतृत्व पु¥याएर वास्तविक पेसागत मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता छ । यदि यसलाई सुधार्न सकियो भने महासंघले आफ्नो वास्तविक उद्देश्य पुनः प्राप्त गर्न सक्नेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया