कस्तो रहला आजको मौसम ?
काठमाडौं । काठमाडौं उपत्यकामा आज हिजोजत्तिकै चिसो छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम पनि यति नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली क्षेत्रको तापक्रम माइनससम्म पुगेको छ । अब चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् ।
अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । साथै तराई तथा उपत्यका धेरै ठाउँमा हुस्सु र केही ठाउँमा कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बाग्मती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया