Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

धरौटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्को मुद्दामा पक्राउ


काठमाडौं । साइबर अपराध कसूरको मुद्दामा धरौटी बुझाएर छुटेलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अर्को मुद्दामा फेरि पक्राउ परेका छन् । प्रसाईंलाई प्रहरीले जिल्ला अदालत काठमाडौं परिसरबाटै पक्राउ गरेको हो ।

यसअघि आजै जिल्ला अदालत काठमाडौंले साइबर अपराध कसूरको मुद्दामा पक्राउ परेका प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंविरुद्ध सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसूरमा पनि अनुसन्धान भइरहेकोले उनी फेरि पक्राउ परेका हुन् ।

प्रसाईंमाथि भारतमा मानिस राखेर नेपाली व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट