सन् २०२४ मा कम्तीमा ६८ जना पत्रकार मारिए : युनेस्को प्रतिवेदन
सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरनाक रहेको संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन ९युनेस्को० ले जनाएको छ ।
सन् २०२४ मा अहिलेसम्म ६८ जना पत्रकार र सञ्चारकर्मी कर्तव्यपालनाका क्रममा मारिएका युनेस्कोको प्रतिवेदनमा उल्लेख छ । ६० प्रतिशतभन्दा धेरै हत्या द्वन्द्वग्रस्त देशहरूमा भएका र यो सङ्ख्या पछिल्लो दशकमा सबैभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ ।
युनेस्कोले यो वर्ष द्वन्द्व र युद्ध क्षेत्रमा ४२ जना पत्रकार मारिएका जनाएको छ जसमा सबैभन्दा धेरै प्यालेस्टाइनमा १८ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानजस्ता अन्य देशहरूमा पनि धेरै जना पत्रकार मारिएका र यसले हिंसा र अस्थिरताका क्षेत्रमा बढेको जोखिमलाई सङ्केत गरेको प्रतिवेदनमा उल्लेख छ ।
युनेस्कोकी महानिर्देशक अड्री अजौलेले विश्वलाई जानकारी दिन तथा द्वन्द्व, युद्ध र सङ्कटबाट प्रभावित जनसङ्ख्यालाई मद्दत गर्न भरपर्दो सूचना अत्यावश्यक रहेको बताए । कामका लागि पत्रकारले आफ्नो ज्यान त्याग्नुपर्ने कुरा अस्वीकार्य रहेको महानिर्देशक अजौलेले उल्लेख गरे । अन्तर्राष्ट्रिय कानूनबमोजिम सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्नका लागि कदम चाल्न सबै देशहरूसँग उहाँको आग्रह छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया