Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

बर्दियाको ठाकुरबाबा नगरपालिकामा चितुवाको आक्रमणबाट ६ जना घाइते


नेपालगन्ज, २९ मंसिर । बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार विहान चितुवाको आक्रमणबाट ६ जना स्थानीय घाइते भएका छन् ।

जिल्लाको ठाकुरबाबा नगरपालिका –४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा परेर स्थानीय झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाँदा अरू तीन जनालाई पनि चितुवाले आक्रमण गरेको छ ।

त्यसपछि चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली त्यहाँ पुगेको थियो । चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवाले थप दुई जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते हुनु भएकाहरूको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट