Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

फ्रान्सको मेयोट क्षेत्रमा ‘चिडो’ आँधी : ११ जनाको मृत्यु


फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको मृत्यु भएको छ । झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ ।

आँधीको समयमा हावाको वेग दुई सय २५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । हावाहुरीका कारण मेयोट क्षेत्रमा बिजुली अवरुद्ध हुनुका साथै खानेपानीको आपूर्ति बन्द छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रशासन मेयोट क्षेत्रका नागरिकको साथमा रहेर सहयोग गर्ने बताए। उद्धारका लागि दुई सय ५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मेयोटमा पठाइएको खबरमा उल्लेख छ ।

आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सन् १९३४ देखि मेयोटमा यति तिब्र गतिको आँधी नआएको गृहमन्त्री ब्रुनो रिटेलोले बताएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट