धरानमा मनाइयो राष्ट्रिय झण्डा दिवस
धरान, १ पुस । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा सोमबार धरानमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।
हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज धरान उपमहानगरपालिकाको कार्यालयबाट चतरा लाईन, छाता चोक, सिंह देवि चोक पुरानो बजार, देशी लाईन हुँदै भानु चोकसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ ।
र्याली कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बिक्रम बेघा, पुर्व सभामुख प्रदिप भण्डारी,वरिष्ठ प्रहरी उपरीक्षक भिम दाहाल लगायत राजनितिक दलको प्रतिनिधिहरु,विभिन्न संघसंस्थाको प्रतिनिधिहरूको उपस्थिति थियो ।
क्याटेगोरी : प्रदेश खबर
प्रतिक्रिया