रौतहटको चन्द्रपुरमा जङ्गली हात्तीको आतङ्क, वनक्षेत्रका वासिन्दा राती घरमा सुत्न छोडे
रौतहट, १ पुस । जङ्गली हात्तीको आतङ्कले रौतहट चन्द्रपुर नगरपालिका–३ गैँडाटार वनक्षेत्र नजिकका वासिन्दा राती घरमा सुत्न छोडेका छन् । रातीको समयमा जंगली हात्तीको बथान गाउँमा पसेर घर भत्काउन र भण्डार गरिएको अन्न खान थालेपछि उक्त क्षेत्रका बासिन्दा रात्रीको समयमा घर छोड्न बाध्य भएका हुन् ।
हात्तीले स्थानीय सन्तबहादुर रुम्बा, मिना राई, बलीमायाँ लोप्चन, छेनामसिंह लोप्चन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर भत्काएको छ। घरमा रहेको अन्न खाई क्षेतिसमेत पुर्याएको छ ।
दुई सातादेखि वनक्षेत्र नजिक रहेका बस्तीमा जङ्गली हात्ती प्रवेशगरी स्थानीयको घर भतत्काउनुकोसाथै कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्मित पार्क र पानीघट्ट समेत भत्काइदिएपछि स्थानीय आतङ्ति बनेका छन् । हात्तीले स्थानीय किसानको बालीमा समेत क्षेति पुर्याएको वडा अध्यक्ष बोधनाथ देवकोटाले बताए ।
हात्ती आतङ्कबाट जनधनको क्षेति हुनबाट जोगाउन डिभिजन वन कार्यालय, नगरपालिकालगायतका सरोकारवाला संस्थाले चासो दिनु पर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी सन्तोष चौहानले हात्तीबाट थप क्षेति हुन नदिन वडा कार्यालयले नगरपालिकासंग समन्वय गरी सडक बत्ति र हात्ती भगाउने यन्त्र तथा साइरनको व्यवस्था मिलाउनु पर्ने सुझाव दिए । उनकाअनुसार पालिकाको उत्तरी चुरेक्षेत्रीय तटमा अवस्थित उक्त वस्तीमा बर्सेनी हात्तीले दुःख दिँदै आएको छ ।
त्यसको दीर्घकालीन समाधानको उपाए डिभिजन वन कार्यालयले गर्नु पर्ने देखिन्छ । यता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत महालक्ष्मी शर्माले हात्तीबाट जनधनको क्षेति हुन नदिन स्थानीयले नै उच्च सतर्कता अपनाउनु पर्ने बताउदै हात्ती आतङ्कको दीर्घकालीन समाधानको लागि माथिल्लो निकायसंग परामर्श गरिने जानकारी दिए ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया