जर्जियाको एक स्की रिसोर्टमा ११ जना भारतीय नागरिकसहित १२ जनाको शव फेला
जर्जियामा ११ जना भारतीय नागरिकको शव फेला परेको छ । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको मृत्यु भएकामा ११ जना भारतीय नागरिक भएका त्यहाँ रहेको भारतीय दूतावासले पुष्टि गरेको हो । मृत्यु हुनेमा एक जना भने जर्जियाकै नागरिक रहेका बीबीसीले जनाएको छ ।
जर्जियाका प्रहरी अधिकारीका अनुसार गुडौरीको एक होटलमा सुतिरहेको अवस्थामा उनीहरुको शव भेटिएको थियो । गुडौरी पूर्व सोभियत राष्ट्रमा सबैभन्दा उच्च र सबैभन्दा ठूलो स्की रिसोर्ट रहेको खबरमा उल्लेख छ ।
होटलमा विद्युत्अवरुद्ध भएपछि तेलबाट चल्ने जेनेरेटर सञ्चालनमा आएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शवमा हिंसा तथा युद्धको कुनै सङ्केत नभेटिएको र यो दुर्घटना भएको हुनसक्ने बताएको छ ।
भारतीय दूतावासले विज्ञप्ति निकालेर घटनाबारे सत्यतथ्य बुझ्ने र मृतकहरुको विवरण पत्ता लगाएर उनीहरुको परिवारलाई छिटै जानकारी दिने बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया