Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

चीनमा सबैभन्दा ठुलो भ्रष्टाचार घोटालाका दोषीलाई फाँसी दिइयो


बेइजिङ । चीन सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ । यही नीतिका कारण चीन सरकारले अर्को एक शीर्ष अधिकारीलाई मृत्युदण्ड दिएको छ ।

मंगलबार चीनको उत्तरी इनर मंगोलिया स्वायत्त क्षेत्रका पूर्व अधिकारी लि जियानपिङलाई फाँसी दिइएको समाचारमा उल्लेख छ । ली चीनको सबैभन्दा ठुलो भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । यो भ्रष्टाचार ४२ करोड अमेरिकी डलरभन्दा बढीको भएको बताइएको छ ।

ली चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको कार्यसमितिका सदस्य थिए । उनलाई यसअघि २०२२ को सेप्टेम्बरमा मृत्युदण्डको सजाय सुनाइने तय भएको थियो । तर उक्त सजायविरुद्द उनले पुनरावेदन गरे ।

पुनरावेदनपछि पनि चीनको सर्वोच्च अदालतले उक्त सजायलाई कायम राखेपछि लीलाई मृत्युदण्ड दिइएको हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार लीलाई अदालतले ४२ करोड अमेरिकी डलरको अवैध आम्दानी गरेको आरोपमा दोषी ठहर गरेको थियो ।

यसलाई चीनको इतिहासकै सबैभन्दा ठुलो घोटाला भनिएको छ । मंगलबार फाँसी दिनु अघि ६४ वर्षका लिलाई परिवारसँग समय बिताउन दिइएको भन्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले समाचारमा उल्लेख गरेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट