काठमाडौंको बत्तिसपुतलीबाट स्रोत ३६ लाखसहित ४ जना पक्राउ
काठमाडौं । काठमाडौंको बत्तिसपुतलीबाट स्रोत नखुलेको ३६ लाखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको रकमसहित बुधबार साँझ चार जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरू हुण्डी कारोबारी रहेको आशंका प्रहरीले गरेको छ ।
पक्राउ परेकाहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । केही समयमा विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसअघि सिनामंगलबाट ६८ लाखसहित चारै जनालाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको थियो ।
जसमा राजकुमार माली, प्रवेश कुमार पौडेल, युवराज सुवेदी र एक किशोर पक्राउ परेका थिए । प्रदेश ३–०१–०२२ च १०७२ नम्बरको कारमा सवार रकम बोकेर हिँडेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया