Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

रुसी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ


काठमाडौं । मस्कोमा वरिष्ठ जनरल इगोर किरिलोभ र उनका सहायकको हत्या आरोपमा उज्बेकिस्तानका एक २९ वर्षीय व्यक्तिलाई हिरासतमा लिइएको छ । यद्यति, रुसी जाँच समितिले संदिग्धको नाम भने सार्वजनिक गरेको छैन । ती संदिग्धले आफुलाई युक्रेनी विशेष सेवाले भर्ती गरेको स्वीकारेका छन् । यद्यपि, त्यससँग सम्बन्धित सवुत भने उनले दिएका छैनन् । उनको जन्म सन् १९९५ मा उज्बेकिस्तानमा भएको विवरण भने खुलेको छ ।

रुसी अधिकारीहरुले भनेका छन्, ‘विकिरण, रासायनिक तथा जैविक सुरक्षा बल प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मंगलबार विहानै आवासीय ब्लक बाहिर थिए । एक इलेक्ट्रिक स्कुटरमा लुकाइराखिएको विष्फोटक उपकरणमा टाढाबाट विष्फोट गराइएको थियो ।’

बीबीसीले सुत्रको हवाला दिँदै युक्रेनको सुरक्षा सेवा एसबीयूले पहिल्यै हत्याको पछाडि आफ्नो हात रहेको भनी जिकिर गरेको समाचारमा उल्लेख गरेको छ । युक्रेनले ५४ वर्षीय किरिलोभ युद्ध अपराधमा संलग्न रहेको भनी आरोप लगाएको छ । रुसी सरकारी समाचार एजेन्सी तासका अनुसार किरिलोभको मृत्युमा राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो शोक व्यक्त गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट