काठमाडौं उपत्यकामा चिसो बढ्यो, तराईमा आज पनि हुस्सु
काठमाडौं । काठमाडौं उपत्यकामा आज हिजोको तुलनामा केही चिसो बढेको छ । हिजोको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज घटेर ४ दशमलव ८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको शनिवार काठमाडौंको तापक्रम २ डिग्री सेल्सियससम्म झरेको थियो ।
तराईका विभिन्न ठाउँमा आज पनि बिहानैदेखि हुस्सु लागेको छ । दिउँसो घाम लाग्दै गएपछि हुस्सु हट्दै जाने र देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया