Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

सर्लाहीको मुर्तियाका किसानलाई फलामको हलो वितरण


सर्लाही, ४ पुस । सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तियामा वडा कार्यालयले किसानलाई फलामको हलो वितरण गरेको छ ।

व्यावसायिक मकै खेती हुने मुर्तिया क्षेत्रका किसानलाई मकै बालीमा माटो चढाउनका लागि सहज होस् भनी वडा कार्यालयले पूर्ण अनुदानमा फलामको हलो वितरण गरेको हो । मकै खेती गर्ने किसानका लागि यो वर्ष ५५ थान फलामको हलो निःशुल्क वितरण गरिएको बरहथवा ९ का वडाध्यक्ष तुलसी लुुइँटेलले जानकारी दिए।

मुर्तियामा एक हजार घरधुरी किसान छन् । तत्काल ५५ थान फलामको हलोबाट आलोपाले गरी मकैमा माटो चढाउने काम गर्न आग्रह गरिएको वडाध्यक्ष लुुइँटेलले बताए।

उनका अनुसार आगामी वर्षहरूमा पनि हलो वितरण कार्यलाई निरन्तरता दिइनेछ । एक बिघा मकैमा माटो चढाउनुपर्दा १० जनाभन्दा बढी जन लाग्ने गरेकोमा फलामको हलोबाट दुई जना भएर एकै दिनमा माटो चढाएर सकिने बताइएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट