Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

अनेरास्ववियुले चैत मसान्तभित्र २४ औँ महाधिवेशन गर्ने


काठमाडौँ, ४ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुले बिहीबार त्रिभुवन विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । अनेरास्ववियुका अध्यक्ष समिक बडालले २३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएदेखि नै कुनै पनि शिक्षालयमा तालाबन्दी नगर्ने प्रतिबद्धता अनुरुप हरेक विषय शालीनतापूर्वक प्रस्तुत गरिँदै आएको बताए ।

उनले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०, त्रिविका सचिव सिद्धान्त भट्टले त्रिविको शैक्षिक उन्नयन र प्रगतिका लागि ३५ बुँदे मागसहित करिब आठ दिनदेखि भिसी कार्यालय, कीर्तिपुरमा धर्ना बसिरहेको भन्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्ने धारणा राखे ।

उनले स्ववियु निर्वाचन फाुगन १५ गते गराउनुपर्ने तथा निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्रिविको भौतिक पूर्वाधार व्यवस्थापन तथा शैक्षिक गुणस्तर विकासका सम्बन्धमा शालीनतापूर्वक राखिएको मागप्रति त्रिविका पदाधिकारी जिम्मेवार नदेखिएको भनाइ उनको छ ।

यस्तै, अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीय कमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए।

यसैगरी, देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षको उपस्थितिमा पुस २५ र २६ गते स्ववियु निर्वाचनका लागि काठमाडौँमा कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

अनेरास्ववियुले सामाजिक सञ्जालको दुरुपयोग गरी फेक समाचार सम्प्रेषण गर्ने, व्यक्तिको चरित्र हत्या गर्नेलाई कानुनी कारवाहीमा ल्याउन सरकारलाई अनुरोध गरेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट