Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

परराष्ट्रमन्त्री आरजु राणा नयाँ दिल्लीमा


काठमाडौं, ४ पुस ४ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार भारतको नयाँ दिल्ली पुगेकी छिन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लागेकी हुन् ।

उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने छिन् । उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट