गोबिन्द भट्टको जुनेलीः क्रान्तिकारी प्रेमकथाको झल्को
लोकप्रिय गीतकार गोबिन्द भट्टको पछिल्लो कोसेली नयाँ म्युजिक भिडियो ‘जुनेली’ सार्वजनिक भएको छ । आइतवार ‘गरिमा फिल्मस्’ मार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो । गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने संगीत बाबुल गिरीले दिनुभएको छ । भिडियोमा गोबिन्द भट्ट, रिना गुरुङ, प्रेम सुब्बा, कविता आले, सुवास गजुरेललगायतका कलाकारहरूको जोडदार अभिनय रहेको छ । उत्सव दाहालले छायांकन र सहिल खानले सम्पादन गर्नुभएको सो भिडियोको निर्देशक देवेन्द्र पाण्डे हुनुहुन्छ ।
धादिङ जिल्लाको रुवी भ्यालीको रमणीय स्थलमा छायांकन गरिएको उक्त भिडियो फिल्मी शैलीको रहेकाले यसलाई म्युजिक भिडियोको क्षेत्रमा नयाँ आयामको रुपमा लिइएको छ । यसमा जिम्मलकी छोरीले गोठालोसँग गरेको प्रेमकथा कहानी उतारिएको छ । भिडियो सार्वजनिकको पूर्वसन्ध्यामा ल्याइएको पोष्टरकै आधारमा टिकटकमा समेत ‘भाइरल’ भइसकेको छ ।
उसो त भट्टको हालसम्म दुई दर्जनभन्दा बढी गीत प्रकाशन भइसकेका छन् भने एक सय हाराहारीमा प्रकाशोन्मुख छन् । लोकदोहोरी, आधुनिक, चलचित्र सवै विधाका गीत लेख्ने उहाँको चलचित्र ‘सिटामोल’ छिट्टै आउँदैछ । र त, भट्टले गीत लेखनबाट थुप्रै सम्मान, पुरस्कार तथा अवार्ड पाइसक्नुभएको छ । केही दिनअघि पनि उहाँले ‘चौथो स्पर्स म्युजिक भिडियो अवार्ड–२०८१’ मा सर्वोत्कृष्ट गीतकारको अवार्ड पाउनुभएको छ । त्यस्तै ‘चौथो स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेस्टिभल–२०२४’ मा ‘राष्ट्रिय कला सम्मान’ प्रदान गरियो । त्यसअघि पनि भट्टले ‘गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२२’ (गाउँले ठिटो’ बोलको गीतबाट, सर्वोत्कृष्ट गीतकार), ‘गोल्डेन इन्टरनेशनल म्युजिक अवार्ड–२०२४’ (तँई का ठमक’ बोलको गीतबाट सर्वोत्कृष्ट गीतकार), ‘११औं छायाछवी तिज म्युजिक अवार्ड–२०८१’ मा ‘जुरी’ पाइसक्नुभएको छ । लोकदोहोरी प्रतिष्ठान र गीतकार संघको आजीवन सदस्य भट्ट रोयल्टी नेपालको पनि सदस्य हुनुहुन्छ ।
यस्तै, साठीको दशकदेखि नै व्यवसायिकरुपमा निरन्तर म्युजिक भिडियोको क्षेत्रमा समर्पित देवेन्द्र पाण्डे नयाँ पुस्ताका प्रखर म्युजिक भिडियो निर्देशक हुनुहुन्छ । संख्यात्मकभन्दा गुणात्मकमा जोड दिने पाण्डेले निर्देशन गर्नुभएको म्युजिक भिडियोले कुनै न कुनै नयाँ वा फरक विशेषता बोकेका हुन्छन्, चाहि ती सामाजिक विषयका सन्देशमूलक हुन् वा ऐतिहासिक महत्त्वका नै किन नहुन् । जसमध्ये पनि चट्ट बसम् देउरालीमा…, बग्ने खोला…, मूलको पानी…, एक्लै छु म…, हल्काहल्का लजाएर…, मन बूढो भएन…, गाउँले ठिटो…, पुरानो घाउ…, सुन माया…, पिरती बस्यो नि सानु…, प्रेम प्रस्ताव…, क्या गरौं त नि…, कहाँ पोल्यो…, खर्च माग्दिनँ…, जीवनको पाना…, पानी मिठो…, गुन्द्रुक तिउन…, गुराँस फुल्यो…, माया गर्न मन छ…, पिन्तिया मकर मेला…, भो बोल्दिनँ…, के गरी हाँसौं खोई…, टिकटक चलाउने…, डिजिटल फोटो…, नजाऊ नभन…, गाउँकै माया लाग्छ…, तिम्रो माया कति दिनलाई…, सानै छ उमेर…, चरी बस्ने बनमा…आदि बढी नै सफल मानिन्छन् ।
पाण्डेलाई विभिन्न दर्जनौँ सरकारी–गैर सरकारी संस्थाले अभिनन्दन, पुरस्कार र अवार्ड सहित सम्मान गरेका छन् । नेपाली सेनाद्वारा आयोजित शर्ट फिल्म प्रतियोगिता–२०७२ मा उहाँले ‘राष्ट्रको पहरेदार’बाट एक लाख ५० हजार नगदसहित प्रथमा पुरस्कार पाउनुभयो । यस्तै, दोस्रो स्पर्श म्युजिक भिडियो अवार्ड–२०७५, प्रथम एपिक म्युजिक अवार्ड–२०७५, ७औं राप्ती म्युजिक अवार्ड–२०७५, ७औं नेशनल क्यापिटल अवार्ड–२०७७, ११औं विन्दवासिनी म्युजिक अवार्ड–२०७७, १२औं विन्दवासिनी म्युजिक अवार्ड–२०७८, ५औं राष्ट्रिय निम अवार्ड–२०७८, तेस्रो साधना म्युजिक अवार्ड (रिवार्ड)–२०७९, ९औं छायाछवि तिज अवार्ड–२०७९, १०औं म्युजिक खवर म्युजिक अवार्ड–२०२२ लगायत पाइसक्नुभएको छ । पाण्डे नेपाल चलचित्र निर्देशक समाजको सचिव, नेपाल म्युजिक भिडियो निर्देशक समाजको प्रथम उपाध्यक्ष हुनुहुन्छ ।
क्याटेगोरी : साहित्य
प्रतिक्रिया