Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

नेपालको अनुमति बिना भारतले महाकाली नदीको धार परिवर्तन गर्न जेसीबी चलाएपछि …


काठमाडौं, ७ पुस । नेपाल र भारतको पश्चिम सिमाना भएर बग्ने महाकाली नदीको धार परिवर्तनका लागि भारतले पुनः प्रयास गरेको छ । दार्चुलाको सीमानामा रहेको साझा नदी महाकालीको नेपालतर्फ किनारमा अनुमति बिना भारतले जेसीबी चलाएकोमा स्थानीयले विरोध जनाएका छन् ।

उनीहरुले जेसिबी मेसिन र चालकलाई नियन्त्रणमा लिएको समाचार छ । भारतले एकपक्षीय ढंगले महाकालीको धार नेपालतर्फ फर्काउन थालेपछि दार्चुलाबासी विरोधमा उत्रेका हुन् । भारतले आफ्नोतर्फ पक्की तटबन्ध बनाउने र निर्माण सामग्री बालुवा,ढुंगा, गिटी नेपालतर्फ खन्ने गरेको छ । तर अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबमोजिम सीमा नदीको बहावलाई असर पार्न कुनै पनि मुलुकले एकपक्षीय ढंगले भौतिक संरचना निर्माण गर्न पाईंदैन  ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार पक्राउ परेका भारतीय चालकसँग आवश्यक सोधपुछ गरिएको छ । उनले भूलवशः नेपाली क्षेत्रमा आइपुगेको जवाफ दिएका छन् । तर, स्थानीयहरुले भने भारतीय पक्षले जबर्जस्ती नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको आरोप लगाएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट