एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
रुसले पूर्वी युक्रेनका थप दुई वटा गाउँ कब्जामा लिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा रुसी सेनाले उत्तर–पूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको क्रास्नोय गाउँलाई कब्जा गरेको उल्लेख छ ।
क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रुसले खार्किभको सबैजसो भागलाई घेरेको छ । यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासका लागि प्रमुख उपलब्धि हुनेछ ।
आउँदो जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि नै रुसले पूर्वी युक्रेनमा आफ्नो प्रगति तीव्र बनाएको छ । रिपब्लिकन पार्टीले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै निर्णायक शर्त प्रस्ताव नगरी झन्डै तीन वर्षदेखि चलिरहेको द्वन्द्वको शीघ्र अन्त्य गर्ने बताएको छ ।
रुसी सेनाले यस वर्ष एक सय ९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ । युक्रेनले जनशक्ति र गोलाबारुदको अभावबीच आफ्नो गुमेको भू–भाग फिर्ता लिने कठिन यात्राको सामना गरिरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया