Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

अमेरिकी लडाकू विमानमा ‘फ्रेन्डली फायर’ हुँदा खस्यो


अमेरिकी लडाकू विमान लाल सागरमा दुर्घटनाग्रस्त भएको छ । लडाकू विमानलाई आफ्नै गोली लागेको अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसलाई ‘फ्रेन्डली फायर’ भनिन्छ ।

अमेरिकाले हुथी विद्रोहीद्वारा सञ्चालित यमनको राजधानी सानामा मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधाहरूमा शृङ्खलाबद्ध रूपमा हवाई आक्रमण गरेपछि यो घटना भएको हो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार अमेरिकी नौसेनाको लडाकू विमान एफरए–१८ होर्नेटमा रहेका दुवै चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको खबरमा उल्लेख छ ।

अमेरिकी लडाकू विमानहरूले लाल सागरमा हुथी विद्रोहीको धेरै ड्रोन र एन्टी–शिप क्रुज मिसाइललाई पनि खसालेका बीबीसीले जनाएको छ । हुथी विद्रोहीले इजरायलको तेल अभिभमा गरेको आक्रमणपछि अमेरिकाले यो हमला गरेको हो ।

हुथी इरान समर्थित विद्रोही समूह हो जसले यमनको उत्तर–पश्चिमलाई आफ्नो नियन्त्रण लिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट