रवि लामिछानेको सांसद पद स्वतः निलम्बित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । उनी सो पार्टीको संसदीय दलका नेता पनि हुन् ।
निलम्बनको सूचना सभामुख देवराज घिमिरको तर्फबाट संसद सचिवालयले सूचना टाँस गरि दिनेछ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ ९संशोधन सहित०को दफा ९२७० बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । सो ऐनका अनुसार प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया