क्यान्सरको भ्याक्सिन : युद्धको मोर्चामा पनि मानव हितको रुसी पहिचान
रुसले आफ्नो प्राविधिक क्षमता र वैज्ञानिक अनुसन्धानको क्षेत्रलाई नयाँ उचाइमा पु¥याउँदै म्यासेन्जर आरएनए प्रविधिमा आधारित क्यान्सर भ्याक्सिन निर्माणमा सफलता प्राप्त गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यो उपलब्धिलाई युद्धको कठिन परिस्थितिमा पनि रुसले मानवहितका अविष्कारहरूमा सक्रिय रूपमा योगदान गर्न सक्ने उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । यो भ्याक्सिन २०२५ सम्म रुसी जनतालाई निःशुल्क उपलब्ध गराउने घोषणा गर्दै रुसले विश्व स्वास्थ्यको क्षेत्रमा आफ्नो सशक्त उपस्थिति पुनः स्थापित गरेको छ ।
साथै, गरिब र विकासोन्मुख देशहरूमा क्यान्सरको समस्याले जटिल बनाइरहेको बेलामा रुसको यो पहलले विश्वव्यापी रूपमा स्वास्थ्य सुधार र मानवीय सहायतामा योगदान पु¥याउने सम्भावना छ । क्यान्सरको रोकथाम र उपचारमा यो प्रविधिले चिकित्सा क्षेत्रमा नयाँ क्रान्तिको संकेत दिएको छ ।
युद्धको मोर्चामा लडिरहेको रुसले मानवहितका अविष्कारहरूलाई सञ्चालनमा पनि आफ्नो भूमिका सशक्तरूपमा प्रदर्शन गरिरहेको जनाएको छ । वैश्विक महामारी कोरोना भाइरसका बेला पनि पहिलो पटक भाइरसको खोप निर्माण गरेको रुसले जनाएको थियो । कोरोना भाइरसको खोप पहिले निर्माण गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरिरहेका बेला अमेरिकी प्रभावका देशहरूले पत्याएको थिएनन् । तर, पछि रुसी भ्याक्सिनले आफ्नो उपस्थिति दर्शाएको थियो ।
हाल अमेरिकी नेतृत्वको सैनिक संगठन नेटोमा युक्रेनलाई सामेल गर्न खोज्दा रुसले युक्रेनमाथि युद्ध छेडेर मानवहितमा अविष्कार गरी दुनियाँलाई चकित पार्ने खालको घोषणा गरेको छ । रुसी राष्ट्रपतिले पुटिनले म्यासेन्जरआरएनए विधिमा आधारित क्यान्सरको भ्याक्सिन निर्माण गरेको घोषणा गरेका छन् । यसबाट फेरि एक पटक दुनियाँलाई चकित पारेको हो । राष्ट्रपति पुटिनले सन् २०२५मा रुसका जनतालाई यो भ्याक्सिन निशुल्क वितरण गरिने जनाएका छन् ।
राष्ट्रपति पुटिनले सन् २०२४को फेब्रुअरी १५मा रुसले क्यान्सरको भ्याक्सिन बनाउन लागेको जनाएका थिए । डिसेम्बर पन्ध्र पछिको ९ महिनाको अवधिमा यो बनाई सकिएको घोषणा गरेको हो ।
संयुक्त राष्ट्र संघले गरेको परिभाषा अनुसार कोषको विभाजनको अनियन्त्रित प्रक्रिया नै क्यान्सर हो । नियन्त्रित कोषीय विभाजनले शरीरको सूक्ष्मबाट विशाल शरीरको निर्माण गराउँछ भने यो विभाजन अनियन्त्रित भएपछि शरीरका जुनसुकै अंग वा भागमा क्यान्सर निर्माण गर्छ । शरीरको जुन अंगको कोष वा सेलको विभाजन प्रक्रिया अनियन्त्रित हुन थाल्छ त्यहाँ उसले स्वस्थ्य सेललाई मार्न थाल्छ र गाँठोको निर्माण गर्छ ।
जीव विज्ञानमा म्यासेन्जर राइबोन्युक्लिक एसिडलाई संक्षेपमा एमआरएन भनी बुझिन्छ । यो अनुवंश वा जीनको तत्सम्बन्धी वा अनुवांशिक वा जेनेटिक शृंखलालाई एक कोषमा बेरी राख्छ र यसलाई कुनै प्रोटिनमा संश्लेषण गरिरहने प्रक्रियालाई राइबोसोमको रूपमा पढिन्छ ।
रुसले यही म्यासेन्जर आरएनएमा आधारित खोपको विकास गरेको छ । रुसी समाचार संस्था तासका अनुसार सन् २०२५देखि क्यान्सरका बिरामीलाई निशुल्क उपलब्ध गराइनेछ ।
रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका महानिर्देशक एन्ड्रे काप्रिनले डिसेम्बर १५ मा रेडियो रोसियालाई दिएको अन्तर्वार्ता यो खोपको पुष्टि गरेका थिए ।
यसअघि, इपिडिमियोलोजी र माइक्रोबायोलोजीका लागि गमेलिया नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्ज्याण्डर गिन्ट्सबर्गले क्यान्सर खोपको प्रि–क्लिनिकल परीक्षणहरूले यो शरीरमा बन्ने क्यान्सर ट्यूमरको विकास र सम्भावित विस्तार मेटास्टेसेसलाई दबाउँछ ।
हरेक व्यक्तिका लागि फरक फरक खोप
यो खोप सबैका लागि रोकथामका लागि प्रयोग गरिने खोप होइन् । हरेक व्यक्तिका लागि क्यान्सर भ्याक्सिन सम्भव भएको रुसले जनाएको छ ।
गिन्ट्सबर्गका अनुसार कृत्रिम न्यूरल नेटवर्कको प्रयोगले व्यक्तिगत क्यान्सर खोप बनाउन आवश्यक कम्प्युटिङको अवधि घटाउन सक्छ । हालको प्रक्रिया लामो छ र एआई प्रयोग गर्दा यो समय आधा घण्टा जति समयमा रोगीको शरीरमा खोपको विकास गर्छ ।
क्यान्सर गरिब देशमा बढी
क्यान्सरका बिरामी गरिब देशहरूमा बढी बढ्ने अनुमान गरिएको छ । क्यान्सरका कुल विरामीका दुई तिहाई गरिब देशमा हुने आँकलन गरिएको छ ।
क्यान्सरको पहिचान १८८२मा ब्रेस्ट क्यान्सरको रूपमा ब्रेकथु विश्व समुदायलाई प्राप्त भएको थियो । त्यसपछि एक्सरेको माध्यमबाट क्यान्सरको कोषिकाहरूको पहिचान गर्न थालियो ।
त्यसपछि समयक्रममा प्रोस्टेट क्यान्सरमा हार्मोन थेरापी दिन शुरू गरियो । दोस्रो युद्धपछिको समयमा १९५८मा क्यान्सर कोषिकालाई मार्न प्रयोग गरिने रसायन विधि केमो थेरापीको जानकारी प्राप्त भयो । सन् १९९७सम्म आउँदा यसको चिकित्सा क्षेत्रमा धेरै कामहरू भए । सन् २००९मा सर्भाइकल क्यान्सरको क्षेत्रमा र २०१०मा प्रोस्टेट क्यान्सरको भ्याक्सिनको विकास भयो ।
तर क्यान्सरको रोकथाम र उपचारका लागि विश्वका विकसित देशहरूले आफ्नो सक्रियता बढाइरहेकै छन् । अमेरिकाले एओएच ९९६ नामको भ्याक्सिनको ट्रायल गरिरहेको छ । अमेरिकाले सन् २०२३मा यसको ट्रायल गरेको थियो । एक बालिका थिइन आयना ओलिभिया हिली । क्यान्सर पीडित ती बालिकाको नामबाट एओएच भ्याक्सिन नाम राखी अमेरिकाले परीक्षण जारी राखेको छ ।
यसैक्रममा रुसले म्यासेन्जर आरएनए भ्याक्सिन खोज्न सफलता प्राप्त गरेको छ ।
म्यासेन्जर आरएनएले शरीरमा प्रोटिन निर्माण गर्छ । शरीरमा कुनै एन्टिजन प्रवेश गरे त्यस विरुद्ध एन्टीबडी निर्माण गराउन यसको भूमिका हुन्छ ।
तर क्यान्सरको सन्दर्भमा शरीर भित्रकै कोषिका अनियन्त्रित तवरले टुक्रिने विधि अनाउँदा म्यासेन्जर आरएनएलाई पहिचान गर्न गाह्रो हुने समय हुन्छ । म्यासेन्जर आरएनएले बाहिरबाट आएका शत्रुहरूसँग लड्न एन्टीबडीको निर्माण गर्न सक्ने काम गर्छ ।
म्यासेन्जर आरएनएको यो समस्या समाधान गर्न रुसले प्रविधिको विकास गरेको जनाएको छ । रुसी वैज्ञानिकहरूका अनुसार रोगीको शरीरबाट प्रोटिन निकालेर फेरि शरीरमा प्रवेश गराइने छ । यसरी रोगीकै शरीर भित्र उसकै प्रोटिन कोषिका भित्र नवप्रवेशीको रूपमा प्रवेश गर्दा शरीरले तिनको विरुद्ध एन्टीबडी बनाउने काम म्यासेन्जर आरएनएलाई दिइन्छ ।
यहाँ शरीरलाई उसको रोगप्रतिरोधी क्षमताको विकास गराउने प्रविधिलाई रुसले अपनाएर क्यान्सरको खोपको निर्माण गरेको जनाएको छ ।
अर्थात जुन व्यक्तिको शरीरमा क्यान्सरको गाँठो छ तिनको शरीरबाट प्रोटिन निकालिने र एन्टिजनकोरूपमा प्रवेश गराइनेछ ।
रोगीाको शरीरबाट निकालिएको प्रोटिनको विरुद्ध म्यासेन्जर आरएनएलाई आक्रामक बनाउने विधि रुसी वैज्ञानिकहरूले खोजेका छन् ।
व्यक्तिगतहरूको खोप उनीहरूकै शरीरबाट प्रोटिन झिकेर बनाइने यो खोपको समय लाग्छ । म्यासेन्जर आरएनएलाई परिचालन गर्न कृत्रिम बौद्धिकता एआईको सहयोगबाट गणितीय विधिबाट तय गरिन्छ ।
अर्थात् न्यूरल नेटवर्क कम्प्युटिङ जहाँ यी प्रक्रियाहरूले आधा घण्टादेखि एक घण्टासम्म लिने रुसका खोप प्रमुख गिन्ट्सबर्गले भनेका छन् ।
एआईलाई तालिम दिंँदा उनले प्रोटिन वा आरएनएमा परिणत भएका बिरामीमा एन्टिजेन कम्प्याटिबिलिटीको पहिचानसहित ४०,००० देखि ५०,००० ट्युमर अनुक्रमहरूको प्रयोगात्मक आधार आवश्यक पर्ने बताए ।
जुनमा रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले तासलाई एक अन्तर्वार्तामा भने अनुसार खोप वैज्ञानिकहरूको टोलीले संयुक्त रूपमा विकास गरेका छन् ।
गमेलिया नेशनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी र माइक्रोबायोलोजी, हर्टसेन मस्को ओन्कोलोजी रिसर्च इन्स्टिच्युट र ब्लोखिन क्यान्सर अनुसन्धान केन्द्रको प्रतिनिधित्व गर्दछ ।
सन् २०२०को आँकडाका आधारमा भन्दा क्यान्सरबाट एक करोड मानिसको ज्यान गएको थियो । सबै भन्दा बढी क्यान्सर हुनेमा ब्रेस्ट क्यान्सर संख्या २६ लाख ६० हजार, फोक्सोको क्यान्सर २२ लाख १० हजार, कोलन एन्ड रेक्टम क्यान्सर १९ लाख ३० हजार, प्रोस्टेट क्यान्सर १४ लाख १० हजार, छालाको १२ लाख र पेटको क्यान्सर १० लाख रहेको थियो ।
सन् २०४०सम्म क्यान्सरबाट मृत्यु हुनेहरूको दुई तिहाई मृत्यु गरिब देशबाट हुने अनुमान गरिएको छ ।
व्यक्तिगत खोप, जसले बिरामीको ट्युमरबाट व्युत्पन्न आनुवंशिक सामग्री प्रयोग गर्दछ । प्रत्येक खुराक लगभग ३ लाख रुबल वा २ हजार ८ सय ६९ अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।
क्यान्सरको खोपको सफलताबाट रुसलाई फेरि एक पटक चर्चामा ल्याइदिएको छ । पहिलो रुसले आफ्नो जनताको लागि निशुल्क बाँडेर जनताको सहानुभूति भ्लादिमिर पुटिनको पक्षमा जुटाउन सहयोग गर्छ । अर्को गरिब तथा कम आय भएका देशहरूमा बढ्दो क्यान्सरको प्रकोपबाट ती देशलाई सहयोग गर्न रुसलाई यो एक हतियार प्राप्त भएको छ ।
रुसी राष्ट्रपति पुटिनले भ्याक्सिनको घोषणा गरी उदीयमान देशहरूको समूह ब्रिक्समा थप सशक्त उपस्थिति कायम गर्न सफलता पाएका छन् । साथै विज्ञान तथा प्रविधिको क्षेत्रमा रुस कमजोर नरहेको सन्देश पनि क्यान्सरको खोप बनाउने यो म्यासेन्जर आरएनए प्रविधिबाट संकेत दिएको हो ।
क्याटेगोरी : स्वास्थ्य
प्रतिक्रिया