युक्रेनी ड्रोन आक्रमणको अन्तर्राष्ट्रिय क्षेत्रमा परेको प्रभाव
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको भ्याक्सिन बनाएको घोषणाले दिएको अन्तर्राष्ट्रिय क्षेत्रमा पारेको शक्तिशाली प्रभावलाई त्यो घोषणाको केही दिनमै युक्रेनी ड्रोन अट्याकले कडा प्रत्याक्रमणको सामना गर्नुृपरेको छ ।
विश्वको सुरक्षा क्षेत्रमा आफ्नो शक्तिशाली दबदबा कायम गरी हतियारको सौदाबाजीबाट लाभ लिँदै आएको रुसलाई अमेरिकाका र उसको नेतृत्वको सैनिक संगठन नेटोका देशहरूको समर्थन र सहयोगमा लडिरहेको युक्रेनको ड्रोन हमलाले कडा चुनौती दिएको हो ।
यो हमलाबाट तत्काल केही कमजोर देखिएका राष्ट्रपति पुटिनले कडा जवाफ फर्काउन चेतावनी दिएका छन् ।
पुटिनले रुसकै तेस्रो ठूलो प्रमुख शहर काजानमा ड्रोन आक्रमणको बदलास्वरुप युक्रेनमा थप विनाश निम्त्याउने वाचा गरेका छन् ।
रसियाले युक्रेनलाई सीमाबाट करिब १,००० किलोमिटर (६२० माइल) टाढा शहरको लक्जरी अपार्टमेन्ट ब्लकमा ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ ।
रुसी सामाजिक सञ्जालमा रहेका भिडियोहरूले ड्रोनले अग्लो सिसाको भवनमा ठक्कर दिइरहेको र आगो बलेको देखिन्छ । यद्यपि यो हमलाबाट भएको धनजनको क्षतिबारे र कुनै हताहतीको समाचार पनि सार्वजनिक भएका छैनन् ।
“उनीहरूले जति नै नष्ट गर्न खोज्छन्, उनीहरूले आफैंले धेरै गुणा बढी विनाशको सामना गर्नेछन् र उनीहरूले हाम्रो देशमा के गर्न खोजिरहेका छन् भनेर पछुताउनेछन्,“ पुटिनले आइतबार टेलिभिजनमा भने ।
पुटिनले भिडियो लिंक मार्फत सडक उद्घाटन समारोहमा काजान रहेको क्षेत्र तातारस्तानका स्थानीय नेतालाई सम्बोधन गर्दै भिनेका थिए ।
काजानमा भएको हडताल झण्डै तीन वर्षको द्वन्द्वमा बढ्दो हवाई आक्रमणको शृंखलामा यो सबैभन्दा नयाँ थियो ।
रुसी भूभागमा युक्रेनी आक्रमणको जवाफमा पुटिनले यसअघि हाइपरसोनिक ब्यालिस्टिक मिसाइलले कीभको केन्द्रलाई निशाना बनाउने धम्की दिएका थिए ।
र, रक्षा मन्त्रालयले हालैका हप्ताहरूमा युक्रेनी ऊर्जा सुविधाहरूमा रूसी आक्रमणहरू गर्न उक्साइरहेके चेतावनी दिएको थियो । किभको लागि पश्चिमी देशहरूले हतियारको आपूर्ति गरिरहेको जवाफमा क्षेप्यास्त्रहरू प्रयोग गरेर रूसी हवाई अड्डाहरू र हतियार कारखानाहरूमा आक्रमण गर्न सक्ने तयारीको बारेमा यो चेतावनी थियो ।
यहीबीच युक्रेनले कजान शहरमा ड्रोन आक्रमण गरेको हो ।
कजानको आक्रमण भन्दा अघि युक्रेनले अगस्टमा रुसमाथि ड्रोनको आक्रमण गरेको थियो । तर, कजानको यो पछिल्लो आक्रमणले गम्भीर असर छोडेको चर्चा छ ।
रुसको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई अमेरिकाले पनि मानेको छ । अमेरिकाको थाड पनि रुसको एस फोर हन्ड्रेडका आगाडि बीस हुन नसकेको रक्षा विज्ञहरूको भनाइ रहेको छ ।
तर पनि युक्रेनले आफ्नो सीमाबाट एक हजार किलोमिटर टाढा रहेको कजानमा हमला गर्न सक्यो भन्ने सवाल अहिले चर्चामा रहेको छ । रुसले ड्रोन हमलाको जवाफ दिन इरान लगायतका देशसँग ड्रोन खरिद गरेको देखिएको थियो ।
यो आक्रमण शनिबार हुन केही दिनअघि मात्रै अति कडा सुरक्षा व्यवस्था तैनाथ रहेको ठाउँमा त्यहाँको केमिकल तथा परमाणविक सुरक्षा क्षेत्रका जनरल कमान्डरको हत्या युक्रेनले गराएको दाबी गरेको थियो ।
युक्रेनले रुसको सुरक्षा व्यवस्थालाई चुनौती दिएको यो घटना लगतै कजानमा गरेको ड्रोन हवाई हमलाले अन्तर्राष्ट्रिय क्षेत्रमा रुसको कूटनीतिक सम्बन्धमा धावा बोलेको छ ।
कजान शहर रुसको तेस्रो ठूलो व्यावसायिक शहरको रूपमा मानिन्छ । यहाँ अन्तर्राष्ट्रियस्तरका खेलकुदजस्ता आयोजन हुने गरेको छ ।
त्यतिमात्रै होइन युक्रेनसँगको युद्ध लडिरहेका बेला रुसले उदीयमान अर्थतन्त्रका देशहरूको संगठन ब्रिक्सको सम्मेलन अक्टोबरमा यही आयोजना गरेको थियो । उही कजानमा युक्रेनले गरेको हमलाबाट ब्रिक्समा सहभागी देशका नेताहरूलाई गम्भीर सन्देश दिएको छ ।
भारतको सुरक्षा व्यवस्थाका लागि रुस पुरानो साझेदार हो । अहिले पनि भारतको सुरक्षा व्यवस्थामा रुसी हतियार सुरक्षा प्रवन्धको ठूलो भूमिका रहेको छ ।
ड्रोन आक्रमणको सही र ठोस सुरक्षा प्रवन्ध भने खोज गर्न सकिएको छैन् । टाढाबाट हवाई आक्रमण गरी शहरलाई ध्वस्त गर्न सक्ने क्षमता भएको रुसका सामु तल्लो आकाशमा उडेर आक्रमण गर्न सक्ने ड्रोन आक्रमणको कुनै तोड रहेको देखिएको छैन् ।
ड्रोनको प्रयोग आफैमा नयाँ भने होइन् । यसको प्रयोग १९१७ बाट भएको देखिन्छ । तर रुसले यसबारेमा खासै ध्यान दिएको पाइएको छैन् । ड्रोन सुरक्षाको व्यवस्था तुलनात्मक रूपमा भारतले राम्रो गरेको पाइन्छ । उसले रुस्तम, नेत्र र निशान्त नामक ड्रोन सुरक्षा प्रणालीको विकास गरेको छ । तर पनि ठोस उपायको रूपमा ड्रोनमाथि जाल हाल्ने विधिको विकास गरेको छ । यो जाल हाल्ने विधि भनेको ड्रोनमाथि जाल हालेर भूईँमा खसाउने विधि हो ।
कजानमा युक्रेनबाट गरिएको आक्रमणले रुसको सुरक्षा व्यवस्थाबाट उत्पन्न गराएको कूटनीतिक सवालबाट उसको हतियार बजारमा असर पर्ने देखिएको छ ।
आक्रमणकारी ड्रोन बनाउन तीन चारलाख पर्छ भने हवाई क्षेत्रमा मार हान्न र आक्रमण विफल बनाउन क्षेप्यास्त्र प्रणालीको विकास गर्न करोडौँ लाग्ने हुन्छ । त्यो पनि ड्रोनलाई मार हानी खसाउन रडार प्रणालीले पता लगाउन सक्दैन् । रडार प्रणालीले कम उचाइँमा उडेका लागि पता लगाउन नसकेकै कारण युक्रेनले ड्रोन हमलामा सफलता पाएको विज्ञहरूको भनाइ छ ।
कजानमा गरिएको आक्रमणलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अमेरिकाको न्युयोर्क र वासिंगटनमा गरिएको अल कायदाको सेप्टेम्बर ११को हमलासँग तुलना गरिरहेका छन् । अलकायदाले विमान अपहरण गरी न्युयोर्कको गगनचुम्बी जुम्ल्याहा वल्र्ड ट्रेड सेन्टरको भवनमा ठोक्काएर गरेको हमलालाई नाइन एलेभेनको आतंकवादी हमलाको रूपमा लिने गरिएको छ ।
कजानको हमलामा पनि ड्रोनलाई त्यहाँको व्यापारिक भवनमा ठोक्काएर हमला गरिएको थियो ।
लडाईमा हमला गरी मान्छे मार्ने मात्र होइन अर्थतन्त्रमा पर्ने प्रभावलाई पनि आँकलन गरिन्छ । युक्रेनको पछाडि अमेरिका लडिरहेको पुटिनले पटक पटक आरोप लगाइरहेको भए पनि युक्रेनकोे हैसियत रुसका अगाडि लड्ने नभए पनि विगत तीन वर्षदेखि लड्दै आएको छ ।
युक्रेनमाथि रुसले गरेको आक्रमणको बहुआयामिक असर पर्ने उत्तिकै बेला भनिएको थियो । दुवैतर्फ टाढा र निकटको सम्बन्ध बनाएर बसिरहेका देशहरू माझ यो आक्रमणले कूटनीतिक सवाल पैदा गराउन कजानको ड्रोन हमला सफल भएको छ ।
युद्धको क्षेत्रमा पनि यसले पार्ने प्रभावको आँकलन गरी नयाँ समयमा बन्ने विश्व प्रणालीका लागि यो महत्वपूर्ण बिन्दु मानिनेमा शंका गर्ने ठाउँ छैन् । चाहे रुसले यसको उपाय खोजेर होस वा नखोजेर होस ड्रोनले कजानमा गरेको हमलाको महत्व गम्भीर र दूरगामी प्रकृतिको रहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया