Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

दरबारमार्ग कुटपिट घटना: तरुणदलको दबाबले मुद्दा प्रभावित गर्ने प्रयास


काठमाण्डौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउञ्जमा शुक्रबार बेलुका भएको एक युवकमाथि भएको सांघातिक आक्रमणको मुद्दा प्रभावित पार्न तरुणदलको नेतृत्व सक्रिय देखिएको छ ।

उक्त कुटपिटको आरोपमा तरुण दलका केन्द्रीय सदस्यसहित आठ जनालाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएपछि तरुणदल उल्टै कुटपिटमा संलग्नको बचाउमा शक्तिकेन्द्र धाउन थालेको छ ।

तरुणदलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, तरुणदल काभ्रेका अध्यक्ष सुजन लामासहितको समुहले बैतडीका रमेश भट्टलाई अनाहकमा कुटपिट गरी गम्भीर घाइते बनाएको थियो ।

काठमाण्डौ प्रहरी परिसरले घटनामा संलग्न रहेको आरोपमा आठलाईलाई पक्राउ गरे ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

“विनाकारण युवकमाथि कुटपिट गर्ने समुह बचाउन तरुणदलले दबाब बढाएको देखिन्छ ।” प्रहरी स्रोतले भन्यो–“ अहिले मुद्दा अनुसन्धान प्रभावित गर्न तरुणदलकै उच्च तह सक्रिय भएपनि कानुन बमोजिम कारबाही हुन्छ ।”

जिल्ला अदालत काठमाण्डौंले ज्यान मार्ने उद्योग मुद्दामा उनीहरुलाई पाँच दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको समेत दिइसकेको छ ।

गृह मन्त्रालय शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी सक्रियता बढाउनुका साथै समाजमा अशान्ति सिर्जना गर्ने, अपराधिक गतिविधीमा संलग्न जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन दृढ छ । तर सत्तामा रहेको कांग्रेसकै भातृ संगठन तरुणदलका अध्यक्ष विधान लामा युवाहरुको हुल लिएर गृहमन्त्री रमेश लेखक लगायत कांग्रेसका नेताहरुकोमा मुद्दा प्रभावित पार्न दौडधुप गरिरहेका स्रोतले बतायो । प्रहरी स्रोतले भन्यो–“अहिले मुद्दा अनुसन्धान प्रभावित गर्न तरुणदलकै उच्च तह सक्रिय भएपनि कानुन बमोजिम कारबाही हुन्छ ।”

जिल्ला अदालत काठमाण्डौंले ज्यान मार्ने उद्योग मुद्दामा उनीहरुलाई पाँच दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको समेत दिइसकेको छ ।

गृह मन्त्रालय शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी सक्रियता बढाउनुका साथै समाजमा अशान्ति सिर्जना गर्ने, अपराधिक गतिविधीमा संलग्न जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन दृढ छ । तर सत्तामा रहेको कांग्रेसकै भातृ संगठन तरुणदलका अध्यक्ष विधान लामा युवाहरुको हुल लिएर गृहमन्त्री रमेश लेखक लगायत कांग्रेसका नेताहरुकोमा मुद्दा प्रभावित पार्न दौडधुप गरिरहेका स्रोतले बतायो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट