शेयर बजार बढ्यो : नेप्से २८.९१ अङ्कले बढ्दा चार अर्ब ४३ करोडको कारोबार
काठमाडौं । हिजो साढे १३ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ९१ अङ्कले बढेर दुई हजार छ सय १२ दशमलव २० विन्दुमा पुगेको छ ।
म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो र बाराही हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढेको दिन आज मानुषी लघुवित्तको शेयर भने १० प्रतिशतले ओरालो लागेको छ । आज ८९ लाख आठ हजार कित्ता शेयर चार अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएका छन् ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया