Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

थाइल्याण्ड र म्यानमार जाने नेपाली नागरिकको लागि ट्राभल एडभाईजरी जारी


काठमाडौं । ठगीने क्रम बढेपछि सरकारले थाइल्याण्ड र म्यानमार जाने नेपाली नागरिकको लागि यात्रा सूचना अर्थात् ट्राभल एडभाईजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आज ट्राभल एडभाईजरी जारी गर्दै म्यानमार र थाइल्याण्ड जाने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई सावधानी अपनाउन अपिल गरेको हो ।

मानव बेचबिखन एवम् अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लागि जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२ देखि १३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको एडभाईजरीमा उल्लेख छ ।

मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीको सङ्ख्यामा उल्लेखनीय रूपमा बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ । अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरूलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार पुर्‍याएर बन्दी बनाएर काम गर्न लगाइएको पाइएको सूचनामा उल्लेख छ ।

यस्तै थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकोले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य श्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न मन्त्रालयको अनुरोध छ ।

यस्तै वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघिसम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्मरकम्पनीररोजगारदाताहरूको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्मरकम्पनीररोजगारदाताहरूको वेवसाइट जाँच गर्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानून अनुसार निषेध गरिएका कार्यहरुमा संलग्न हुने काम नगर्नरनगराउन र यसतर्फ सचेत रहन मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट