लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । आज रास्वपा सांसदहरु सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् ।
लामिछानेविरुद्द हिजो जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । मुद्दा दर्तापछि लामिछानेको सांसद पद निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले संसद् सचिवालयलाई पत्र पठाएको छ । तर संसदको कानुन र सर्वोच्च अदालतको फैसलाको नजिर अनुसार लामिछानेको पद निलम्बनमा नपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको तर्क रहेको छ ।
आफूले अहिले कानून र सर्वोच्चको यसअघिको फैसला अध्ययन गरिरहेको र कानून अनुसार नै निर्णय गर्ने सभामुख घिमिरेले जवाफ दिएका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया