Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

भक्तपुरमा बाबुछोरा मृत्यु प्रकरणमा जेठा छोरा प्रहरी नियन्त्रणमा, बाबु र भाइको हत्या गरेको स्वीकार


काठमाडौं । भक्तपुरको बालकोटमा रहस्यमय रूपमा मृत्यु भएको अवस्थामा फेला परेका बाबुछोराको मृत्यु प्रकरणमा मृतक बाबुका जेठा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार सूर्यविनायक नगरपालिका–२, बालकोटमा जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविण आचार्य मृत अवस्थामा भेटिएका थिए । आइतबार बेलुका तीन बाबु छोराले सँगै खाना खाएको देखेका छिमेकीले सोमबार अवेरसम्म पनि ढोका खुलेको नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । ढोकामा बाहिरबाट ताला लगाइएको थियो । कुलप्रसादका दुई छोरा मिलन र प्रविणसँगै बस्दै आएका थिए ।

बाबु भने केही दिन छुट्टी लिएर छोराहरुको डेरामा आएका थिए । प्रहरीले ढोका खोली भित्र पस्दा बाबु र कान्छो छोराको शव छुट्टाछट्टुै कोठामा भेटिएको थियो भने जेठो छोरा मिलन बेपत्ता थिए ।

घटनाको जाँचपड्तालकै क्रममा प्रहरीले शंकाको सुई जेठो छोरातिर घुमाइसकेको थियो । समाचार श्रोतका अनुसार जेठो छोरा मिलन प्रहरीसमक्ष आत्मसमर्पण गरी घटनामा आफ्नो संलग्नता रहेको प्रहरीसमक्ष स्वीकार गरेको छन् । उनलाई अहिले महाराजगंजस्थिति प्रहरी चौकीमा राखिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट